
लक्ष्मी सनराइज क्यापिटलले लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित खुलामुखी तीन योजनाको लाभांश घोषणा गरेको छ । क्यापिटलले शुभलक्ष्मी कोष तथा लक्ष्मी भ्यालु फन्ड–२ र सनराइज ब्लुचिप फन्ड योजनाको लाभांश घोषणा गरेको छ ।
क्यापिटलको १२ साउनमा बसेको सञ्चालक समितिको बैठक गत आवका लागि शुभलक्ष्मी कोषको करसहित १६ प्रतिशत, लक्ष्मी भ्यालु फन्ड–२ को करसहित १५ प्रतिशत र सनराइज ब्लुचिप फन्डको करसहित १९ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।
शुभलक्ष्मी कोषको प्रतिफल भने १२ साउनसम्म कायम इकाइधनीले मात्रै पाउनेछन् । अन्य दुई फन्डबारे अर्को सूचना प्रकाशित गरी जानकारी गराइने बताइएको छ ।
साथै, शुभलक्ष्मी कोष योजनामा लाभांश पुन: लगानी योजनामा दर्ता भएका इकाइधनीको प्राप्त प्रतिफलबराबरको रकम सम्बन्धित इकाइधनीको हितग्राही खातामा सोझै जम्मा गरिने क्यापिटलले जनाएको छ । साथै, लाभांश पुन: लगानी योजनामा सहभागी नहुने इकाइधनीलाई भने प्रतिफल रकम हितग्राही खातामा उल्लिखित बैंक खातामा पठाइनेछ ।