मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १२ सोमबार
  • Monday, 28 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण १२ सोमबार ११:३१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मुक्तिनाथ क्यापिटल र निभिक्सबिच सेयर प्रत्याभूति सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण १२ सोमबार ११:३१:oo

निभिक्स फर्मास्युटिकल्सले सर्वसाधारणमा निष्कासन गर्न लागेको साधारण सेयरको प्रत्याभूति व्यवस्थापन कार्य गर्न मुक्तिनाथ क्यापिटलसँग हालै सम्झौता गरेको छ ।सो सम्झौतापत्रमा निष्कासन कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक इन्द्र बानियाँ र मुक्तिनाथ क्यापिटलका सिइओ कवीन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा कम्पनीका अध्यक्ष कालिदास पौडेल, सञ्चालक फर्मासिस्ट सुजनचन्द्र सिग्देल, चार्टर्ड एकाउन्टेन्ट अनिल पौडेललगायतको सहभागिता थियो । ०७४ सालमा स्थापित निभिक्स गत पुसमा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको थियो । कम्पनीले हाल ५६ प्रकारका औषधि उत्पादन तथा बिक्री–वितरण गर्दै आएको छ । कम्पनीले मुटुरोग, मधुमेह, श्वासप्रश्वासलगायतका रोगको उपचारमा प्रयोग हुने औषधि उत्पादन गर्दै आइरहेको छ ।