
उपसभामुख इन्दिरा राना जनवादी गणतन्त्र चीनको ६ दिने औपचारिक भ्रमण सम्पन्न गरी हिजो राति स्वदेश फर्किएकी छिन्। चीनको हेनान प्रान्तमा आयोजित कार्यक्रममा सहभागी भएर उपसभामुख राना आइतबार राति ११:३० बजे स्वदेश फर्किएकी हुन्।
उपसभामुख राना साउन ७ गतेदेखि ११ गतेसम्म आयोजित सांघाई सहयोग मञ्च, मिडिया र थिंकट्यांक शिखर सम्मेलनमा सहभागी भएकी थिइन् । सो कार्यक्रममा उनले ‘विकासका लागि शान्तिपूर्ण र स्थिर वातावरणको सुरक्षामा नेपालको दृष्टिकोण’ विषयमा सम्बोधन गरेकी थिइन् भने हेनान प्रान्तका अधिकारीहरूसँग भेटघाट गर्नुका साथै सोही प्रान्तमा अवस्थित झेङझोउ सहरलगायत विभिन्न स्थानहरूको अवलोकन भ्रमणसमेत गरेकी थिइन् ।
उपसभामुख राना नेतृत्वको प्रतिनिधिमण्डलमा संघीय संसद् सचिवालयका उपसचिव जगदीश न्यौपानेसमेत सम्मिलित थिए। उपसभामुख राना दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साउन ६ गते त्यसतर्फ प्रस्थान गरेकी थिइन् ।