मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 27 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

देशका लागि योगदान गर्ने व्यक्ति नै नेता हुन् : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:३७:oo

प्रधानमन्त्री केपी ओलीले देशका लागि योगदान गर्ने व्यक्तिहरू देशकै नेता भएको बताएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले आइतबार बालुवाटारमा आयोजना गरेको बिपी कोइराला राष्ट्रिय पुरस्कार प्रदान कार्यक्रममा प्रधानमन्त्री ओलीले बिपी कोइराला, पुष्पलाल, गणेशमानलगायत कुनै दलविशेषका नेता नभई देशकै नेता भएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले योगदानलाई सम्मान गर्ने कुरामा दलका आधारमा विभेद गर्न नहुने धारणा राखे  । प्रधानमन्त्री ओलीले प्रजातन्त्रका लागि राजनीतिक परिवर्तनको झन्डा बोक्दा आफ्नो निहित स्वार्थ नहेरी जोखिम मोलेर देशको हितमा लाग्ने अघिल्लो पुस्ताका नेता र स्थापित साहित्यिक व्यक्तित्व भएकाले बिपीको सम्मानमा सरकारले पुरस्कार स्थापना गरेको बताए।

उनले राजनीतिक पार्टी गैरसरकारी संस्था नभएकाले एक व्यक्ति धेरै पार्टीमा नभई एउटै एउटै पार्टीमा बसेर राजनीति गर्नुपर्ने बताए  । 

राजनीतिक परिवर्तनका लागि कांग्रेस र कम्युनिस्टले कठिन परिस्थितिको सामना गर्दै बलिदानको आन्दोलन सँगसँगै गरेको उनले बताए ।

त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकलाई अघि बढाउन ठुला दुई दल मिलेर सरकार बनाउनुपरेको बताए । उनले कांग्रेस र एमाले सहकार्य र प्रतिस्पर्धा गर्नका लागि एकै ठाउँ आएको जिकिर गरे।

कार्यक्रममा प्रधानमन्त्री ओलीले स्रष्टाहरू नयनसिंह कठायत, मीना सुब्बा, तिलविक्रम नेम्वाङ (बैरागी काइँला), भुवन ढुंगाना कोइरालालाई जनही एक लाख राशिसहित बिपी कोइराला राष्ट्रिय पुरस्कार प्रदान गरेका थिए ।

 नेपाल सरकारको आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रममार्फत उक्त पुरस्कारको व्यवस्था भई ०७८ मा कार्यविधि जारी भएपछि हरेक वर्ष पुरस्कार वितरण हुँदै आएको छ ।