मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १० शनिबार
  • Sunday, 27 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण १० शनिबार o९:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ललितपुरमा घाँटी रेटेर श्रीमतीको हत्या, श्रीमान् पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण १० शनिबार o९:४२:oo

ललितपुरमा एक श्रीमानले श्रीमतीको चक्कुले घाँटी रेटेर हत्या गरेका छन्। शनिबार बिहान करिब पौने ७ बजेको समयमा गोदावरी नगरपालिका १३ झरुवारासीस्थित पुस्कर बस्नेतको घरमा डेरा गरी बस्ने ३० वर्षीय मदनबहादुर स्याङतानले २० वर्षीया श्रीमती डोल्मा वाइबाको घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ।

 घटनास्थलमा प्रहरी वृत्त चापागाउँबाट प्रहरी नायब उपरीक्षक यमकुमार श्रेष्ठको कमान्डमा प्रहरीको टोली पुगेको छ। सामान्य विषयमा विवाद हुँदा उनले हत्या गरेको बुझिएको छ। मृतक वाइबा मकवानपुरकी र श्रीमान् स्याङ्तान सिन्धुलीका हुन्। वाइबा स्याङ्तानको कान्छी श्रीमती रहेको खुलेको छ। श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ। 

घटनास्थलबाट चक्कु बरामद भएको छ भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।