मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ९ शुक्रबार
  • Saturday, 26 July, 2025
तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण ९ शुक्रबार १६:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सदस्यता नवीकरण नगर्ने एमालेकाे निर्णय अपरिपक्व र अवैध : भण्डारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण ९ शुक्रबार १६:३९:oo

पूर्वराष्ट्रपति विद्या भण्डारीले आफ्नो सदस्यता नवीकरण नगर्ने एमाले नेतृत्वको निर्णय अपरिपक्व र अवैध रहेको प्रतिक्रिया दिएकी छिन्। शुक्रबार पत्रकार सम्मेलन गर्दै भण्डारीले आवेग र उत्तेजनाका भरमा गरिएको उक्त निर्णय अवैध रहेको बताएकी हुन्।

आफ्नो संवैधानिक अधिकार र स्वतन्त्रतालाई नियन्त्रण गर्ने निर्णयप्रति दुःख व्यक्त गर्दै उनले भनिन्, ‘नेपालको संविधान, ऐन, कानुन र पार्टीको लोकतान्त्रिक मूल्यमान्यतासमेतलाई नजरअन्दाज गरेर राजनीतिमा संलग्न हुन पाउने मेरो संवैधानिक अधिकार र स्वतन्त्रतालाई संकुचन वा नियन्त्रण हुने गरी गरिएका अपरिपक्व निर्णयले मलाई दुःखित तुल्याएको छ।’

यस्ता निर्णयले पार्टीको साख र प्रतिष्ठा गिराउने भन्दै भण्डारीले आवेग र उत्तेजनाका भरमा गरिएका निर्णयले वास्तविकतालाई सधैँ छोप्न नसकिने प्रस्ट पारिन्।

उनले भनिन्, ‘आवेग र उत्तेजनाका भरमा गरिएका यस्ता निर्णयले सत्यलाई अस्थायी रूपमा भ्रमित तुल्याउन सकिए तापनि वास्तविकतालाई सधैँ छोप्न सकिँदैन। विषद छलफल गरीकन विवेकसम्मत ढंगले निर्णय लिनुपर्दछ भन्ने जबजको पार्टी निर्माणसम्बन्धी अवधारणाको मर्म पनि यही हो । पार्टी निर्माणसम्बन्धी जनवादी केन्द्रीयताको वैज्ञानिक सिद्धान्त प्रतिकूल हुने गरी गरिएको निर्णय वैध र परिपक्व हुन सक्दैन।’