
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं आइजे ग्रुपका अध्यक्ष रविभक्त श्रेष्ठलाई मातृशोक परेको छ । श्रेष्ठकी आमा जवाहरदेवी श्रेष्ठको बुधबार साँझ बिएन्डबी अस्पतालमा १०१ वर्षको उमेरमा निधन भएको हो ।
स्व. श्रेष्ठका दुई छोरा र पाँच छोरी छन् । स्व. श्रेष्ठका जेठा छोरा देशबाहिर रहेकाले उनी आएपछि मात्रै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष रविभक्त कान्छा छोरा हुन् ।
स्व. श्रेष्ठको पार्थिव शरीर शनिबार बिहान ८ः३० देखि ९ः३० सम्म सानेपा श्रीकुञ्जस्थित निजी निवासमा श्रद्धाञ्जलीका लागि राखिनेछ । त्यसपछि पशुपति आर्यघाटमा लगिने कार्यक्रम रहेको बताइएको छ ।आईजे ग्रूप नेपालको स्थापित औद्योगिक–व्यवसायिक घरणा हो । नेपालको चेम्बर आन्दोलनमा स्व. श्रेष्ठको परिवारको महत्वपूर्ण योगदान रहेको निकटस्थहरू बताउँछन् । स्व. श्रेष्ठका पति स्व. इन्द्रभक्त श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष भएका थिए ।