मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 25 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

देशमा निराशावादको व्यापार र असन्तुष्टिको बजार हाबी हुँदै छ : प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:५४:oo

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुनै वैचारिक धरातल र ऐतिहासिक योगदान नरहेका व्यक्तिहरूले जनतालाई भ्रममा पार्ने प्रयास गरिरहेको बताएका छन्।

बुधबार काठमाडौंमा ‘गणतन्त्र अगाडि र पछाडिको नेपाल’ पुस्तकको लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘देशमा निराशावादको व्यापार, असन्तुष्टिको बजार र देश छोड्ने पलायन प्रवृत्तिहरू हाबी हुँदै गइरहेका छन्। यस्ता प्रवृत्तिविरुद्ध प्रतिवाद गर्न तथा जनतालाई सही इतिहास बुझाउन पुस्तकहरू सशक्त माध्यम हुन सक्छन्।’

पछिल्ला दिनमा गहिरो अध्ययन, चिन्तन, वैचारिक सिद्धान्त र त्यागमा आधारित आन्दोलन तथा नेताहरूलाई हल्का रूपमा व्याख्या गर्दै आलोचना गर्ने प्रवृत्ति बढिरहेको प्रचण्डको भनाइ छ।

‘आजभोलि सुसंस्कार, दर्शन र युगान्तकारी परिवर्तन ल्याउने नेताहरूलाई गाली गर्ने फेसन चलेको देखिन्छ,’ उनले भने। माओवादी आन्दोलनको योगदानबाट महिला, दलित, आदिवासी तथा जनजाति समुदायले पाएका अधिकारहरू संस्थागत भएका उल्लेख गर्दै प्रचण्डले ती अधिकारहरू अब उल्ट्याउन नसकिने विश्वास व्यक्त गरे।