मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ५ सोमबार
  • Monday, 21 July, 2025
नयाँ पत्रिका ताप्लेजुङ
२o८२ श्रावण ५ सोमबार १९:o३:oo
Read Time : < 1 मिनेट
समाचार

ताप्लेजुङमा पूर्वाधार विकास कार्यालय स्थापना 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, ताप्लेजुङ
नयाँ पत्रिका
२o८२ श्रावण ५ सोमबार १९:o३:oo

ताप्लेजुङमा कोशी प्रदेशमातहतको पूर्वाधार विकास कार्यालय स्थापना भएको छ। सदरमुकाम फुङलिङमा स्थापना गरिएको कार्यालयको कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले सोमबार उद्घाटन गरेका हुन्। 

सो क्रममा मन्त्री राईले कार्यालय स्थापनापछि ताप्लेजुङका सेवाग्राहीलाई सहज भएको बताए। कार्यालय स्थापना भएसँगै यहाँका सेवाग्राहीले पाँचथरसम्म धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ। कार्यालयमार्फत सडक, पक्की पुल, झोलुंगे पुल, सहरी सडक, भवनलगायत पूर्वाधार निर्माणसम्बन्धी योजना तथा काम हुने गर्छ। 

कार्यक्रममा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हांगाम, प्रदेश सभा सदस्य एवं पूर्वस्वास्थ्यमन्त्री निर्मला तावा लिम्बू, जनप्रतिनिधिहरू, प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मासहित जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरूलगायतको उपस्थिति थियो। पूर्वाधार विकास कार्यालय सदरमुकाम फुङलिङस्थित हुलाक लाइनमा स्थापना गरिएको छ।

जिल्ला अस्पताल ताप्लेजुङको अनुगमन
भवन उद्घाटनसँगै मन्त्री राईले जिल्ला अस्पताल ताप्लेजुङको अनुगमन गरेका छन् । जिल्ला अस्पताल ताप्लेजुङको अवस्था र निर्माणाधीन अस्पतालको अनुगमन गरेका हुन्।

अनुगमनको क्रममा मन्त्री राईले बिरामीसँग प्रत्यक्ष रूपमा भेटघाट गरी अस्पतालमा चिकित्सकले दिएको सेवा सन्तुष्ट भए/नभएको प्रतिक्रिया लिएका थिए। 

त्यस्तै, अस्पताल व्यवस्थापन समिति, चिकित्सक, कर्मचारीसँगसमेत अस्पताल सुधारका विषयमा आवश्यक परामर्श लिएका थिए। 

यस्तै, विगत लामो समयअगाडिदेखि अलपत्र अवस्थामा रहेको अस्पताल निर्माणको कार्य चाँडै सम्पन्न गर्न ठेकेदार कम्पनीलाई मन्त्री राईले निर्देशन दिए। बजेट भएर पनि निर्माणको कार्य पूरा नगरी अलपत्र अवस्थामा छोडिँदा जिल्लावासीले भोगिरहेको समस्या मनन गर्दै चाँडै निर्माणको कार्य सम्पन्न गर्न निर्देशन दिए।