मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 21 July, 2025
नयाँ पत्रिका राजविराज
Invalid date format १४:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

करेन्ट लागेर एक महिलाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, राजविराज
नयाँ पत्रिका
Invalid date format १४:२४:oo

अग्निसाइर कृष्णासवरन  गाउँपालिका–४ टेंगरीमा शनिबार करेन्ट लागेर एकजना वृद्धा महिलाको ज्यान गएको छ। 

स्थानीय वैद्यनाथ यादवकी ७० वर्षीय श्रीमती उर्मीलादेवी यादवको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। 

उनका अनुसार खेतमा विद्युत् जडान गरिएको मोटरमा लागेको तारमा छुँदा करेन्ट लागेको हो। करेन्ट लागेका उहाँको घटनास्थलमै ज्यान गएको प्रहरीको भनाइ छ। 

राजविराज–कञ्चनपुर हुलाकी सडकखण्डअन्तर्गत अग्निसाइर कृष्णासवरन गाउँपालिका–४ स्थित बनौलीमा  एक युवकको शव झुन्डिएको अवस्थामा फेला परेको छ। 

स्थानीय बौवालाल साहको छोरा अन्दाजी वर्ष १९ को अरबिन्द साह झुन्डिएको अवस्थामा मृत फेला परेको स्थानीय रामसेवक मण्डलले जानकारी दिए।