
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल विधान संशोधनको मस्यौदा परिमार्जनको पक्षमा उभिएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत उनले पार्टीको विधान महाधिवेशनमा प्रस्तुत गरिने पार्टी विधानको संशोधन (मस्यौदा) माथि सचिवालयको बैठकमा गम्भीरताका साथ छलफल गरेको जानकारी दिएका छन् ।
शुक्रबार बस्ने पोलिटब्युरो बैठकका सदस्यबिचमा पनि यो विषय छलफल गर्ने जनाएका छन् । उनले पोलिटब्युरोका सम्पूर्ण सदस्यहरूलाई गम्भीरताका साथ छलफल बहसमा सहभागी हुन अनुरोध गरे ।
छलफलपछि केन्द्रीय कमिटीमा प्रस्तुत हुने प्रस्तावलाई थप परिमार्जन गर्ने कुरामा योगदान पुर्याउन पोलिट ब्युरोका सदस्यले सहयोग गर्ने उनले अपेक्षा लिएका छन् ।