मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 18 July, 2025
Invalid date format o९:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मोटरसाइकलको ठक्करबाट नवलपुरमा एकजनाको मृत्यु, दुई घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:२५:oo

मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा गएराति नवलपुरमा एकजनाको मृत्यु भएको छ भने अर्का दुईजना घाइते भएका छन्। घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। हुप्सेकोट गाउँपालिका– ३ भूपती चोकस्थित भित्री सडकखण्डमा गिरुबारीबाट वसन्तपुरतर्फ जाँदै गरेको ग.७प २७२१ नम्बरको मोटरसाइकलले पैदल यात्रा गरिरहेका सोही ठाउँकी ३५ वर्षीया शोभा सिग्देललाई ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

टाउकोमा चोट लागेर गम्भीर भएकी सिग्देलको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए । दुर्घटनामा सोही ठाउँकी ३५ वर्षीया इन्दिरा कोइराला र मोटरसाइकलचालक हुप्सेकोट– २ का निशानसिंह ठकुरी घाइते भएको नेपालले जानकारी दिए । कोइरालाको मध्यविन्दु प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि चितवन मेडिकल कलेज रेफर गरिएको र गम्भीर अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

चालक ठकुरीलाई भने स्थानीय मेडिकलमा उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ । ठकुरीले मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाएको र आवश्यक कागजात पनि नभएको पाइएको नेपालले बताए ।