मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 18 July, 2025
Invalid date format o७:o४:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

अलराउन्डर रसेलले गरे सन्न्यास घोषणा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:o४:oo
  • सात महिनापछि भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने टी–२० विश्वकपअघि वेस्ट इन्डिजका प्रमुख खेलाडी आन्द्रे रसेलले लिए सन्न्यास

भारत र श्रीलंकामा सात महिनापछि आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता हुँदै छ । टी–२० फर्म्याटमा पछिल्लो समयमा उत्कृष्ट अलराउन्डरका रूपमा परिचित आन्द्रे रसेलले अस्ट्रेलियाविरुद्धको सिरिजपछि अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास लिने बताएका छन् । रसेलको यस निर्णयसँगै वेस्ट इन्डिजलाई धक्का लागेको छ । उनले आफ्नो घरेलु मैदान जमैकाको सबिना पार्कमा अस्ट्रेलियाविरुद्ध हुने पहिलो दुई टी–२० खेलपछि क्रिकेटबाट बिदा हुने बताएका छन् । 

सन् २०११ देखि रसेलेल वेस्ट इन्डिजबाट टी–२० आई मात्र खेल्दै आएका छन् । उनले करिअरमा एक टेस्ट, ५६ एकदिवसीय र ८४ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । ‘वेस्ट इन्डिजबाट प्रतिनिधित्व गर्नुको अर्थ के हो, त्यो शब्दमा बयान गर्न सक्दिनँ,’ रसेलले भने, ‘मेरो जीवनको सबैभन्दा गर्विलो उपलब्धिमध्ये यसलाई एक मानेको छु ।’ दुई महिनाअघि वेस्ट इन्डिज टोलीका अर्का मुख्य खेलाडी निकोलास पुरनले पनि सन्न्यासको घोषणा गरेका थिए । टी–२० फर्म्याटकै प्रमुख दुई खेलाडीको सन्न्यास घोषणाले आगामी विश्वकपमा वेस्ट इन्डिजलाई गहिरो धक्का लागेको एजेन्सीले जनाएको छ ।

दुईपटकको विश्वकप विजेता
वेस्ट इन्डिजमा रसेल किन महत्वपूर्ण खेलाडी थिए भन्ने तथ्यांकले देखाउँछ । वेस्ट इन्डिजले सन् २०१२ र ०१६ मा आइसिसी पुरुष टी–२० विश्वकप जित्दा उनी टोलीकै प्रमुख खेलाडीमा थिए । विश्व च्याम्पियन खेलाडीका रूपमा आफूलाई प्रस्तुत गर्न पाउनु नै करिअरकै ठुलो उपलब्धि भएको उनले बताएका छन् । ‘वेस्ट इन्डिजबाट मैले सबै पाएँ ।  त्यसमा एक खेलाडीका रूपमा विश्व च्याम्पियनसमेत भएँ,’ उनले भने, ‘क्रिकेटमा थोरै खेलाडी मात्र दुईपटक टी–२० विश्वकप च्याम्पियन बन्छन् । यसमा म पनि हुँ ।’ वेस्ट इन्डिजका प्रशिक्षक डारेन सामीले दुई खेलाडीका सन्न्यासले विश्वकपमा असर गर्ने बताए । 

सन् २०१० मै एकदिवसीयमा डेब्यु 
अहिले वेस्ट इन्डिजको टोलीमा पुराना खेलाडी छान्नुपर्‍यो भने रसेल अगाडि छन् । सन् २०१० मा उनले श्रीलंकाविरुद्ध एक मात्र टेस्टमा डेब्यु गरेका थिए । सन् २०११ मा उनले आयरल्यान्डविरुद्ध एकदिवसीय खेलमा डेब्युको अवसर पाए । सन् २०१९ मा उनले बंगलादेशविरुद्ध अन्तिमपटक एकदिवसीय खेल खेले । टी–२० फर्म्याटमा भने उनको डेब्यु सन् २०११ मा पाकिस्तानविरुद्ध रह्यो । उनले ५६ एकदिवसीय खेलमा ७० र ८४ टी–२० आईमा ६१ विकेट लिएका छन् । यसैगरी, टी–२० सिरिजमा उनले ५६१ खेलबाट ५५८ विकेट हात पारेका छन् । ब्याटिङ करिअरमा उनले एकदिवसीयमा १ हजार ३४ तथा टी–२० आईमा एक हजार ७८ रन जोडेका छन् । टी–२० सिरिजमा उनले दुई शतक तथा ३३ अर्धशतकीय इनिङ्सको सहयोगमा ९ हजार ३१६ रन बनाएका छन् ।