मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १ बिहीबार
  • Thursday, 17 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण १ बिहीबार १५:५२:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

सांग्रिला बुक्सद्वारा ‘पोषण वर्णमाला’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण १ बिहीबार १५:५२:oo

भर्खरै अक्षर चिन्न थालेका बालबालिकालाई वर्णमालाको सिकाइसँगै खानेकुराको परिचय गराउने उद्देश्यले सांग्रिला बुक्सले नयाँ पुस्तक ‘पोषण वर्णमाला : थरीथरी रङ, थरीथरी स्वाद’ प्रकाशन गरेको छ।

यस पुस्तकका संयोजक कृष्ण जिसी र पूर्णचन्द्र वस्ती छन्, जसले खाद्य प्रविधि तथा पोषणका क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभव हासिल गरेका छन्। उनीहरूका अनुसार यो पुस्तकले बालबालिकामा सानैदेखि स्थानीय, परम्परागत र पोसिला खानेकुराप्रति सकारात्मक धारणा विकास गर्न मद्दत गर्नेछ। साथै, यसले असल खानपानको बानी बसाल्न अभिभावक र शिक्षकहरूलाई सहयोग पुर्‍याउने उनीहरूको विश्वास छ।

‘पोषण वर्णमाला’ पुस्तकले नेपाली वर्णमाला सिकाउने नयाँ शैली प्रस्तुत गरेको छ। प्रत्येक अक्षरसँग नेपालका विभिन्न स्थान र जातजातिका खानेकुराहरूको परिचय समेटिएको छ। उपलब्धता र अध्ययनका आधारमा यस पुस्तकमा १६० भन्दा बढी खानेकुराहरू समेटिएका छन्।

पुस्तकलाई आकर्षक बनाउने उद्देश्यले अनामिका गौतमले चित्रहरू तयार गरेकी छिन् भने आन्विका गिरीले सम्पादन गरेकी हुन्।