मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १ बिहीबार
  • Thursday, 17 July, 2025
२o८२ श्रावण १ बिहीबार १४:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ताप्लेजुङमा सम्बन्धविच्छेदको अवस्था भयावह, कुल मुद्दामध्ये आधा सम्बन्धविच्छेदका 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १ बिहीबार १४:३२:oo

ताप्लेजुङ जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दाको अवस्था भयावह देखिएको छ । कुल  मुद्दामध्ये झन्डै आधा मुद्दा सम्बन्धविच्छेदका देखिएका छन् । बर्सेनि सम्बन्धविच्छेदका मुद्दा बढिरहेकाले पनि जिल्लामा सम्बन्धविच्छेदका मुद्दाको अवस्था भयावह देखाएको हो । 

जिल्ला अदालतका सूचना अधिकारी विष्णुकुमार राईले जिल्ला अदालतमा ०८०/८१ बाट आव जिम्मेवारी सरी आएका १२७ मुद्दा र ०८१/८२ मा दर्ता भएकासहित २८० मुद्दा रहेको बताए । कुल मुद्दा ५७९ मध्ये २८० मुद्दा सम्बन्धविच्छेदका रहेको राईले जानकारी दिए । २८० सम्बन्धविच्छेदका मुद्दामध्ये आर्थिक वर्ष ०८१/८२ मा २३७ थान मुद्दा फर्स्याेट भएको सूचना अधिकारी राईले बताए । ४३ मुद्दा आर्थिक वर्ष ०८२/८३ लाई सरिआएको बताइएको छ ।

 अदालतका अनुसार आव ०८१/८२ को एक वर्षे अवधिमा ४२० थान मुद्दा फर्स्याेट गरी १५९ थान मुद्दा चालू आव ०८२/८३ का लागि जिम्मेवारी सरी आएका छन् । जिल्ला अदालतका अनुसार फैसला कार्यान्वयनको निवेदनतर्फ १०३ थान लगतमध्ये ६४ थान फर्स्याेट भई ३९ थान चालू आवका लागि जिम्मेवारी सरी आएको बताइएको छ । 

उता, कैदतर्फ एक हजार २३७ वर्ष पाँच महिना दुई दिन असुल लगत रहेकोमा हालसम्म ११९ वर्ष ६ महिना चार दिन फर्स्याेट भएको छ । कैदतर्फ एक हजार ११७ वर्ष १० महिना २८ दिन फर्स्याेट हुन बाँकी रहेको छ । जरिवानातर्फ कुल लगत तीन करोड ३७ लाख ४० हजार २२९ रुपैयाँ लगत रहेकोमा १५ लाख २९ हजार ९४७ रुपैयाँ फर्स्याेट भई तीन करोड ६१ लाख १९ हजार ३८२ रुपैयाँ फर्स्याेट हुन बाँकी रहेको बताइएको छ ।