
नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा तीन सय रुपैयाँले बढेर एक लाख ९२ हजार तीन सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुन तोलाको एक लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले बढेर दुई हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी दुई हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।