मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३२ बुधबार
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार ३२ बुधबार o६:२o:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

इरानको अध्यागमन थुनाबाट पाँच नेपाली रिहा, स्वदेश फर्काउन टिकट काट्ने दाता खोज्दै सरकार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार ३२ बुधबार o६:२o:oo

इरानको अध्यागमन थुनामा रहेका पाँच नेपाली रिहा भएका छन् । दोहास्थित नेपाली राजदूतावासले ट्राभल डकुमेन्ट पठाएसँगै उनीहरूलाई इरानले मुक्त गरेको हो । इजरायल–इरान युद्धअघि नै थुनामा रहेका उनीहरूलाई अब स्वदेश फर्काउने तयारी थालिएको छ । 

अध्यागमन कानुनसम्बन्धी मुद्दामा तेहरानस्थित थुनामा रहेका महेश डाँगी, बालकृष्ण खड्का, पुष्कर खत्री, मदन डाँगी र गोविन्द डाँगी रिहा भएका छन् । उनीहरू परराष्ट्र मन्त्रालय र दोहास्थित नेपाली राजदूतावासको सम्पर्कमा छन् । रिहापछि उनीहरूलाई तेहरानको एउटा सेल्टरमा राखिएको छ ।

‘तेहरानमा जेलमा रहनुभएका नेपालीहरूलाई युद्धकै बिचमा प्रहरीले अर्को जेलमा सारेको थियो । उहाँहरू बसेको जेलको गेटमा हमला भएपछि अर्को जेलमा पुर्‍याइएको थियो । हामीले आवश्यक ट्राभल डकुमेन्टको बन्दोबस्त गरेपछि प्रक्रिया पुर्‍याएर उहाँहरूलाई इरान प्रशासनले रिहा गरेको छ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नयाँ पत्रिकासँग भने । 

इरानमा जम्मा १६ नेपाली नागरिक थिए । उनीहरूमध्ये अब जेलमुक्त रहेका पाँचजना र थप दुईजनाबाहेक नौ नेपाली स्वदेश फर्किसकेका छन् । ‘एकजना नेपाली भारतीय राजदूतावासमा कार्यरत हुनुहुन्छ । उहाँ सुरक्षित रूपमा हुनुभएकाले उद्धार गर्नुपरेन । अर्का नेपाली पनि भारतीय नागरिककहाँ काम गर्नुहुन्छ र उहाँ पनि सुरक्षित भएकाले स्वदेश फर्किनुभएन,’ परराष्ट्र प्रवक्ता क्षेत्रीले भने । 

युद्ध भइरहेका वेला नौजना नेपाली तेहरानबाट मसाद सहर पुर्‍याएर भारतीय उद्धार विमानबाट स्वदेश फर्केका थिए ।

जेलमुक्त भएका नेपालीलाई स्वदेश फर्किन टिकटको समस्या भएको जानकार अधिकारीहरूले बताए । ‘कुनै दाता भेटिए भने अथवा परिवारले टिकट काट्ने अवस्था भयो भने उहाँहरू तत्कालै स्वदेश फर्किनुहुन्छ भन्ने छ,’ दोहास्थित नेपाली राजदूतावास स्रोतले भन्यो, ‘टिकट नहुन्जेल उहाँहरू तेहरानमा एउटा सेल्टरमा बस्नुभएको छ । उहाँहरूलाई खान–बस्न समस्या छैन ।’

हामीले ट्राभल डकुमेन्टको बन्दोबस्त गरेपछि इरान प्रशासनले रिहा गरेको छ : लोकबहादुर पौडेल क्षेत्री प्रवक्ता, परराष्ट्र मन्त्रालय
तेहरानमा जेलमा रहनुभएका नेपालीहरूलाई युद्धकै बिचमा प्रहरीले अर्को जेलमा सारेको थियो । उहाँहरू बसेको जेलको गेटमा हमला भएपछि अर्को जेलमा पुर्‍याइएको थियो । हामीले आवश्यक ट्राभल डकुमेन्टको बन्दोबस्त गरेपछि प्रक्रिया पुर्‍याएर उहाँहरूलाई इरान प्रशासनले रिहा गरेको छ ।

एक कूटनीतिक अधिकारी भन्छन्–

जेलमुक्त भएका नेपालीलाई स्वदेश फर्किन टिकटको समस्या भएको जानकारहरू बताउँछन् । ‘दाता भेटिए भने अथवा परिवारले टिकट काट्ने अवस्था भयो भने उहाँहरू तत्कालै स्वदेश फर्किनुहुन्छ भन्ने छ,’ दोहास्थित नेपाली राजदूतावास स्रोतले भन्यो, ‘टिकट नहुन्जेल तेहरानमा एउटा सेल्टरमा बस्नुभएको छ । उहाँहरूलाई खान–बस्न समस्या छैन ।’