मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३२ बुधबार
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार ३२ बुधबार o५:४o:oo
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : विद्यार्थीको हिम्मत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार ३२ बुधबार o५:४o:oo

त्यतिवेला भारत अंग्रेजको उपनिवेश थियो । अंग्रेजहरू भारतीयसँगसँगै उनीहरूको चाडपर्वलाई पनि घृणा गर्थे । अंग्रेजलाई डर लागिरहेको हुन्थ्यो, भारतीय नागरिक आफ्नो चाडपर्वमा भेला भएर कतै विद्रोहको बिगुल नबजाइदिऊन् । यसका लागि उनीहरू स्कुल, कलेजका विद्यार्थीबाट विशेष रूपमा सावधान रहन्थे । 

एकपटक पटनाको एउटा कलेजमा विटमोर नामका एक नयाँ हेडमास्टर आए । उनी भारतीय विद्यार्थीसँग अत्यन्तै कडा व्यवहार गर्थे । उनी कलेजमा आएको धेरै समय भइसकेको थियो । 

दीपावली पर्व नजिक आउँदै थियो । सबै विद्यार्थीले सोचे, यसपटक मिलेर दीपावली मनाउनुपर्छ । त्यसक्रममा कलेजमा पनि दीपावली गर्नुपर्छ । उनीहरू हेडमास्टरकहाँ यसका लागि अनमुति माग्न गए । तर, उनले कड्केर भने, ‘बिल्कुलै हुँदैन, दीपावलीमा तिमीहरूको विशेष परीक्षा हुनेछ । जो विद्यार्थी अनुपस्थित रहनेछ, त्यसलाई कलेजबाट बाहिर निकालिनेछ ।’ सबै विद्यार्थी यस्तो कुरा सुनेर मौन भए । अंग्रेज हेडमास्टरको विरोध गर्ने साहस उनीहरूमा थिएन । तर, त्यसैवेला एक विद्यार्थी अगाडि बढे र भने, ‘सर म यो परीक्षा बाहिष्कार गर्छु । त्यस दिन म घरमै बसेर रमाइलोसँग दीपावली मनाउँछु । 

‘तिम्रो यत्रो हिम्मत ?’ हेडमास्टर गर्जिए र ती विद्यार्थीमाथि १०–१२ लट्ठी बर्साए । तर, त्यति गर्दा पनि ती विद्यार्थी आफ्नो निर्णय फेर्न तयार भएनन् । उनको यो दृढता देखेपछि ती गोरा हेडमास्टरले भने, ‘यो विद्यार्थीले कुनै दिन ठुलोभन्दा ठुलो शक्तिलाई पनि डगमगाउनेछ । ठिक छ, तिमीहरूलाई कलेजमा दीपावली गर्ने अनुमति दिइनेछ ।’ ती निडर र दृढ निश्चयी छात्र थिए, जयप्रकाश नारायण, जसलाई भारतीय समाजले लोकनायक भनेर सम्मान गर्छ ।