मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३१ मंगलबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ असार ३१ मंगलबार १४:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संसदमा राप्रपाले भन्यो- गुप्तालाई पक्राउ गरेर छानबिन गरियोस्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ असार ३१ मंगलबार १४:१३:oo

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज मात्रै पदबाट राजीनामा दिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई पक्राउ गरेर छानबिन गर्नुपर्ने बताएको छ ।

मंगलबारको प्रतिनिधिसभामा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले गुप्ताले मन्त्री पदबाट राजीनामा दिएर मात्रै नपुग्ने भन्दै पक्राउ गरेर छानबिन गर्न माग गरे । 

बहालवाला मन्त्रीले घुसको डिल गरेको अडियो सार्वजनिक हुने वेलासम्म छानबिन गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग के हेरेर बसेको छ भन्ने प्रश्न पनि  शाहीले गरे ।