मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:o५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

कर्णाली याक्सको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:o५:oo

कर्णाली याक्स स्पोर्टस् प्रालिले ज्ञानेन्द्र मल्ललाई प्रशिक्षकका रूपमा निरन्तरता दिएको छ। नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणका निम्ति टोलीको प्रशिक्षक तथा क्रिकेट निर्देशकमा मल्ललाई नियुक्त गरेको कर्णाली याक्स स्पोर्टस् प्रालिका निर्देशक गृहेन्द्र घिमिरेले जानकारी दिए।

पहिलो संस्करणमा पाएको सफलतामा पूर्वअन्तर्राष्ट्रिय खेलाडी मल्लको महत्त्वपूर्ण भूमिका रहेकाले पनि सहकार्यलाई निरन्तरता दिएको घिमिरेले बताए। सम्झौता अवधि एक वर्षका लागि हुनेछ। २०८१ मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म भएको प्रतियोगितामा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो।

‘नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत रहनुभएका ज्ञानेन्द्र मल्लको प्रशिक्षणमा हाम्रो टोलीले पहिलो संस्करणमा शीर्ष चारमा रहँदै प्लेअफसम्मको यात्रा तय गरेको थियो। आगामी संस्करणमा पनि हामीले उहाँको प्रशिक्षणमा टोलीले सफलता हात पार्ने विश्वास छ। प्रशिक्षकको रूपमा उहाँलाई नै निरन्तरता दिन पाउँदा हामी हर्षित छौँ,’ कर्णाली याक्सका निर्देशक घिमिरेले भने।

नियुक्तिसँगै प्रशिक्षक मल्लले जिम्मेवारी दिएकोमा धन्यवाद दिँदै दोस्रो संस्करण काम गर्न उत्साहित भएको बताएका छन्।

कर्णाली याक्सले प्रतियोगिताको दोस्रो संस्करणका निम्ति मार्कीसहित सात खेलाडीलाई रिटेन गरिसकेको छ। टोलीले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीले रिटेन गरेको छ।

अघिल्लो सिजन भारतीय चर्चित ओपनर शिखर धवन अनुबन्ध गरेको कर्णाली याक्सले यो सिजन पनि चर्चित खेलाडी अनुबन्ध गर्दै बलियो दाबेदारी दिने रणनीति तयार पारेको छ।