
जंगली च्याउ खाएर कञ्चनपुरको दोधाराचाँदनी नगरका एकै परिवारमा पाँचजना बिरामी भएका छन् । सोमबार भारतीय नंग्रा जंगलबाट ल्याएको विषालु च्याउकोे तरकारी खाएर दोधाराचाँदनी नगरपालिका–६, कालागड टोलका कालु सुनारका परिवारका पाँचजना बिरामी भएका हुन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता सागर सुनारले जंगली विषालु च्याउ तरकारीका रूपमा खाएर कालु सुनारसहित सुनारको नातिनीद्वय ८ वर्षीया मन्सु सुनार, १८ वर्षीया निशा सुनार, नातिद्वय १६ वर्षीय भीम सुनार अर्का नाति १२ वर्षीय वसन्त सुनार बिरामी भएकी हुन्।
पाँचैजनाको दोधाराचाँदनी नगर अस्पतालमा उपचार भइरहेको छ। कञ्चनपुर प्रहरीले जथाभावी जंगली च्याउ उपभोग नगर्न आग्रह गरेको छ।