
मानौं, तपाईं कतै पुुग्न जाँदै हुनुहुुन्छ, तर गन्तव्यमा पुुग्नुअघि बिच बाटोमै यात्रा कस्तो रह्यो भन्नेबारे वर्णन गर्नुपर्ने भयो । यस्तो अवस्थामा आफूूलाई द्विविधापूर्ण स्थितिमा पाउनुहुन्छ । यसैगरी, कुनै लेखकलाई किन लेख्नुहुुन्छ ? भनेर सोधियो भने यस्तै स्थितिमा पाउनुहुुन्छ । तर, लेखकले यस्ता प्रश्नसँग जुुध्नुुपर्ने हुन्छ र यात्राको बिचमै गन्तव्यमा पुगिसकेको अनुभव सुनाउनुपर्ने हुन्छ ।
लेखन कहिल्यै अन्तिम हुँदैन । लेखकको यात्रा पनि कहिल्यै अन्त्य हुँदैन । लेखक हमेसा यात्रारत रहन्छ । यात्राको क्रममै रहने हुनाले गन्तव्यमा पुग्ने अनुभवको वर्णन सुनाउनुपर्ने जटिलता लेखकमा रहन्छ । त्यसैले लेखकको अनुभव कहिल्यै पूर्ण हुँदैन । ऊ अपूर्णता र अधुरोपन बोकेर जीवनभर लेखिरहन्छ । ऊ यही अधुरोपन र अपूर्णताबाट उम्कने संघर्षमा लागिरहन्छ र त्यहीसँग लेखकको आन्तरिक र बाह्य संघर्ष चलिरहन्छ ।
कोही पनि सिकी सकेर लेखक बन्न आउँदैन । लेख्दै सिक्नुपर्छ । अक्सर सिकारु लेखन कामलाग्दो हुँदैन । लेखकलाई लाग्छ कि सबथोक फेरि सुरु गर्नुपर्छ । कुनै पनि लेखकको अन्तस्करणमा यो महसुस कहिल्यै समाप्त हुँदैन । हरेकपटक नयाँ सिराबाट सुरु गर्नु नै लेखनको अनिवार्य सर्त हो । अब प्रश्न उठ्छ कि हरेकपटकको सुरुवात कस्तो हुन्छ ? यही प्रश्नको उत्तर खोज्दाखोज्दै लेखकले समाज र समयको अन्तरसम्बन्ध चिन्छ ।
कुनै प्रश्न, पीडा वा सकसविना लेखनको दुनियाँमा कोही पनि आउन सक्दैन । लेख्नु भनेको त्यही प्रश्न, पीडा र सकसको उत्तर जिन्दगीभरि खोजिरहनु हो । रोचक कुरा के छ भने, जति–जति लेखकले लेख्दै जान्छ, ऊ आफ्नो प्रश्नको उत्तर होइन, झन् नयाँ–नयाँ प्रश्नहरूको नजिक पुुग्छ । त्यसैले लेखन कुनै ओखती होइन, यो रोग चिन्ने एउटा अन्तहीन कोसिस हो ।
कुनै पनि सच्चा लेखकले आफ्नो आसपासको परिवेशबाट मुक्त भई लेख्न सक्दैन । त्यसैले हरेक लेखक आफ्नो समय र समाजसँग साक्षात्कार हुनैपर्छ । यहीँबाट एउटा लेखकले आफ्नो पहिचान बनाउँछ । सुरुवाती सपनाबाट जागेर ऊ यथार्थको दुनियाँमा प्रवेश गर्छ । समय र समाजलाई चिन्नुुपर्ने यही बिन्दुबाट सपना मात्रै देखेर बस्नेहरू लेखक बन्न सक्दैनन् । समय र समाजलाई चिन्दै जो यो बिन्दुबाट अगाडि बढ्छन्, उनीहरूले आफ्नो बाटो खोज्छन् । कुनै बनिबनाउ बाटो भेटिँदैन, हरेक लेखकले आफ्नो बाटो आफैँ बनाउनुुपर्छ ।
लेखन पछिल्लो समय कठिन र चुनौतीपूर्ण बन्दै गएको छ । समाजसँग हाम्रो सम्बन्ध अन्त्यन्तै जटिल र बहुआयामिक बनेको छ । समाजले हामीलाई कैयन् तहमा नियन्त्रण गरेको छ । तर, सामाजिक नभई मानिसको कुनै सार्थकता छैन । मानिसले समाजविना आफ्नो सम्पूर्ण रचनात्मकता र विवेकशीलता गुमाउँछ । अर्कोतर्फ मानिस–मानिसबिचको ऐतिहासिक, सामाजिक र सांस्कृतिक सम्बन्धलाई सूचना र प्रविधिले निर्धारण र नियन्त्रण गरेको छ । त्यसकारण आज लेखकको संघर्ष बहुआयामिक बनेको छ । लेखकले सामाजिक नियन्त्रणलाई तोड्नुपर्ने पनि छ र सामाजिक सम्बन्धलाई निर्वाह गर्नुपर्ने पनि छ । यो जटिलता आजको यथार्थ हो ।
लेखकीय विवेकको सबैभन्दा ठुलो संकट यहीँबाट सुरु हुन्छ । मानिसले सामाजिक हुने प्रक्रियामा भाषा र साहित्यको खोज गर्यो । जब ऊ रूखबाट मैदानमा ओर्लियो, उसको हात स्वतन्त्र भयो । त्यही स्वतन्त्र हातहरूले उसभित्र स्वतन्त्रता, सहभागिता र सहयोगको भावना भरिदियो । यही परिघटना नै मानव उत्पत्तिको कथा हो । यही भावनाले मान्छेभित्र उदात्त चेतना जन्मियो । उदात्तताको यही भावना नै मानवताको मूल हो । यही चेतनाले उसलाई शब्दतर्फ, भाषातर्फ लिएर गयो । रचनात्मक हुने यही मूल दृष्टिले उसलाई संसार बदल्न प्रेरित गर्छ । सत्य कुरा परिवर्तन हो । र, यही परिवर्तन सबैभन्दा पहिला दृश्यमा घटित हुन्छ । मानिसको आँखाले यो संसारलाई त्यही काव्यात्मक प्रेरणाले हेर्छ । त्यसैले, मानिस यो संसारलाई रूपान्तरित गर्दै अगाडि बढ्छ । उसले प्रकृतिबाट प्राप्त भएको हरेक वस्तुुलाई रूपान्तरण गर्छ र पुुन: उपयोग गर्छ । यो मानवीय प्रक्रिया हो । तर, भुल्नुुहुुँदैन, यो प्रक्रियामा मानिसको स्वतन्त्र हात छ, त्यो हातको आफ्नै गति छ, आफ्नै अनुुशासन छ । हातको गतिको सम्बन्ध उसको मस्तिष्क, उसको विवेक, उसको हृदयसँग जोडिएको छ । लेखन प्रक्रिया पनि यही हो । दिल र दिमागको बिचमा एक रचनात्मक सन्तुुलन, जहाँ मानवीय गति लुुकेको हुन्छ ।
मानिसले देखेको दृश्यलाई आत्मामा रूपान्तरण गर्छ र शब्दहरूमा व्यक्त गर्छ । यो सबै प्रक्रियाबिचको अन्तराल र स्थितिले उसलाई रचनात्मक बनाउँछ । तर, सूचना प्रविधिले यो मानवीय गतिलाई परिवर्तन गरिदिएको छ । दृश्य, अनुभव र अभिव्यक्तिको तमाम रचनात्मक अन्तराललाई नष्ट गरिदिएको छ । यही अर्थमा सूचना प्रविधिले मानवीय रचनाशीलता र रचनात्मक प्रतिभालाई नष्ट गर्छ ।
नित्से भन्छन्, ‘जब हामी बिस्तारै कविता पढिरहेका हुन्छौँ, त्यसवेला हामी आधुुनिकतालाई चुनौती दिइरहेका हुुन्छौँ ।’ यो भनाइ रचनात्मक प्रक्रियालाई मूर्त बनाउने कोसिस हो । पढ्नुु पनि रचनाशीलताको एउटा आयाम हो । पढिरहँदा हरेक पाठक लेखकमा परिवर्तन हुन्छ । त्यसकारण पाठक र लेखकको बिचमा भेद गरिएको छैन । यसलाई सहृदय भनिएको छ । समाजमा सहृदय हुनुु कुुनै रचनात्मक संस्कृति जीवित छ भन्ने प्रमाण हो ।
रोचक के छ भने, यो सबैको बिच लिखित वस्तुुको भौतिक र अभौतिक उत्पादन तीव्र गतिले भइरहेको छ । पछिल्लो दुई दशकमा यति धेरै पुुस्तक प्रकाशित भए कि सायद त्यति पुुस्तक पछिल्लो दुुई शताब्दीमा पनि प्रकाशित भएका थिएनन् । यसको अर्थ के हो ? पाठक घट्नुु, लेखक बढ्नुुको बिचमा के सम्बन्ध छ ? वास्तवमा लेखक आफ्नो रचनात्मक प्रक्रियाबाट अलग भएर वस्तुु उत्पादनको प्रक्रियामा लागेको छ । आज लेखक उत्पादक हो र पाठक उपभोक्ता । एउटा पुुस्तक पढ्नुु भनेको कुनै खाद्यपदार्थ खानुजस्तो भएको छ । लेखकीय मूल्यको ह्रास मात्रै भएको छैन, लेखक स्वयं उत्पादक, विक्रेता, प्रचारक बनेको छ ।
हामी अचेल हाम्रै वरपर लेखकको यस्तो रूपान्तरित भूूमिका देखिरहेका छौँ । हामी पुुस्तकलाई एउटा तस्बिरमा देखिरहेका छौँ । जहाँ पाठकजस्तो लाग्ने कुुनै व्यक्तिले पुुस्तक समाएर पढिरहेको छ । पुुस्तक सिर्फ एक व्यक्तिले पढिरहेजस्तो देखिने तस्बिरमा रूपान्तरित हुुँदै गएको छ । यस्तो प्रक्रियामा पठन एउटा मृत प्रक्रिया हो र पाठकले मृत्युु अँगालिरहेको छ । अहिले हामी सोसल मिडियामा यस्तै अनगिन्ती तस्बिरको सामना गरिरहेका छौँ, जहाँ लेखकको आग्रहमा उसको पुुस्तक पढेको अभिनय गरेर खिचाइएको तस्बिर देखिन्छ । लेखक प्रशन्नताको अभिनय गर्छन् । ऊ प्रशन्न मुद्रामा सोच्न थाल्छ, ‘एकदमै कम मिहिनेतमा मैले राम्रो खाद्य पदार्थ उत्पादन गरेँ ।’
यो एक भयानक दृश्य हो । यहाँ पाठकको मृत्युु भइसकेको छ र यहाँ लेखकको अन्तरात्माको पीडा र उसको लेखकीय चेतना लेखकबाट विच्छेद भइसकेको छ । विडम्बना आज के छ भने, लेखकको अघि पढ्ने अभिनय गर्नेहरूको भिड छ । तर, पाठक छैनन् । लेखक कसका लागि लेखिरहेको छ ? ऊ कसका विरुद्ध लेखिरहेको छ ? उसको लेख्नुुको उद्देश्य के हो ? यो प्रश्नको मृत्युु भइसकेको छ । यो प्रश्नको ठाउँमा त्यस्ता लेखक छन्, जो उत्पादकमा बदलिएका छन् ।
खाने टेबलमा किताब धुुजाधुजा बनेर पुुगेको छ । कुुनै ‘पाठक’ त्यसलाई खाइरहेको छ । ‘लेखक’को उद्देश्य पनि सिर्फ किताबहरू उत्पादन गर्नु हो । उसको उत्पादनलाई तीव्र गतिमा हसुुर्ने ‘पाठक’ उसलाई चाहिएको छ । यी दुुवै (लेखक र पाठक) कुनै प्रकाशक, कुनै व्यापारी, कुुनै संस्था, कुुनै पुुँजीपतिको हातमा नाचिरहेका छन् । आजको लेखक पाठकको खोजीमा छैन, उपभोक्ताको खोजीमा भौँतारिइरहेको छ । एउटा चम्किलो किताब र धुुवाँ उडिरहेको पिज्जामा एकदमै कम अन्तर हुँदै गएको छ ।
(भारत झारखण्डका मिश्र कवि तथा आलोचक हुन् । उनका ‘बाजार के अरण्य मेँ’, ‘कोलाहल मेँ कविता की आवाज’जस्ता पुस्तक प्रकाशित छन् । भारतभूषण अग्रवाल पुरस्कारले सम्मानित मिश्रलाई प्रगतिशील कवि तथा आलोचकका रूपमा चिनिन्छ । ‘द वायर हिन्दी’बाट राजु स्याङ्तानको भावानुवाद)