१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 05 July, 2025
Invalid date format o५:५६:oo
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

असार २१ देखि २७ गते सम्मको साप्ताहिक राशिफल

ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको असार २१ गते शनिबारदेखि असार २७ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस्

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format o५:५६:oo

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सञ्चित कर्मको फल पाउने समय छ । राम्रै आम्दानी हात पर्ला । शरीरमा आरोग्य एवं स्पूmर्ति बढ्नेछ । मंगलबार र बुधबार भने आकस्मिक खर्च बढ्नेछ । तापनि, वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । आफन्तसँगको भेटघाटले मनमा प्रसन्नता थपिएला । मन पर्ने वस्त्र, अलंकार आदि लाभ होला । गरेको कामबाट प्रशंसा मिल्नेछ । सानै, प्रयासले पनि महत्वपूर्ण काम बन्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) प्रतिष्ठित काम गर्ने मौका आउला । प्रतिनिधिमूलक यात्रा सम्भावित छ । धेरैलाई प्रभावित पार्ने समय छ । नयाँ कामको थालनी होला । व्यावसायिक कामबाट सोचेको लाभ मिल्नेछ । विद्यामा पनि प्रगति हुनेछ । दाम, इनाम र प्रतिष्ठा पनि कमाउने वेला छ । बिहीबारपछि भने व्यवसाय खस्किएला । खर्च र थकाइसमेत बढ्ला । सप्ताहान्त भने विशेष फलदायी रहने देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) धार्मिक वा सामाजिक कामले अवश्यै प्रतिष्ठा दिलाउला । कामको दायित्व पनि थपिएला । व्यावसायिक काममा निकै नै उन्नति हुनेछ । राजनीति, नोकरीमा पनि पूर्वार्धको समय लाभकारी होला । प्रतिनिधिमूलक यात्रा सम्भावना छ । आयआर्जन पनि प्रशस्त हुनेछ । प्रेम र मित्रताको गाँठो कसिएला । सप्ताहान्तमा भने खर्चमा वृद्धि र व्यवसायमा गिरावट आउने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)  सुरुमा घरायसी समस्या, प्रेममा उतारचढाव र कामको बोझ देखापर्नेछन् । मंगलबारदेखि स्थितिमा सुधार आई धार्मिक कर्ममा रुचि बढ्नेछ । काममा प्रशंसा पाइएला । भ्रमणका साथै नयाँ कामको थालनी होला । आफ्नो क्षेत्रको नेतृत्व हात लाग्ला । व्यापार बढ्नुको साथै आयमूलक काममा पनि सफलता नै मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सुरुको समय मनोरञ्जनपूर्ण रहला । शत्रुपक्ष पछि हट्नेछन् । प्रेम र मित्रताको गाँठो कसिएर जाला । मंगलबार र बुधबार भने खिन्नता बढ्ला । महत्वपूर्ण सामान हराउने सम्भावना छ । सानातिना समस्याले सताउलान् । तापनि, सप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ । समयले साथ दिनेछ । धर्मकर्ममा मन जाला । सामाजिक कामबाट प्रतिष्ठा मिल्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) प्रगतिको समय छ । शत्रुपक्ष विस्थापित होलान् । अधुरा काम पनि अवश्य नै बन्नेछन् । प्रेमको बन्धन कसिने वेलाछ । रमाइलो जमघटमा सरिक भइएला । यात्रासमेत सम्भावित छ । बिहीबार र शुक्रबारको समय अलि प्रत्युत्पादक रहला । सानातिना झमेलामै समय बित्ला । विवाद बढ्ने र चोटपटक लाग्ने योग छ, सचेत हुनुहोस् । तापनि, सप्ताहान्त भने फलदायी नै रहला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) समय उन्नतशील छ । विद्या, बुद्धि बढ्नेछ । बौद्धिक तथा व्यावसायिक पक्षबाट लाभ उठाउने मौका छ । शत्रु परास्त भएर जालान् । मुद्दासमेत किनारा लाग्नेछन् । काममा अवश्य पनि उत्साह थपिनेछ । मित्रताको गाँठो कसिएर जाला । नयाँ प्रेमसम्बन्ध स्थापित हुन सक्छ । तर, सप्ताहान्तमा भने पारिवारिक झमेला, काममा बाधा र स्वास्थ्यमा संकट आउला, सचेत हुनुहोस् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नसोचेको व्यक्तिले छल्न सक्छ । मनमा द्विविधा बढ्ला । निर्णय लिन धैर्य गर्नुहोस् । मंगलबारदेखि व्यापार–व्यवसाय तथा बौद्धिक क्षेत्रमा राम्रो प्रगति हुनेछ । प्रतिस्पर्धी स्वत: निष्क्रिय होलान् । आर्थिक पक्ष पनि सबल बन्नेछ । स्वास्थ्यमा सुधार र काममा उत्साह थपिनेछ । प्रेमको बन्धन अवश्य नै कसिएर जाला । यात्रा पनि सम्भावित छ । समय निकै नै उत्साहपूर्ण रहला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) काममा सोचेजस्तै सफलता मिल्नेछ । सहयोगीहरूले साथ दिनेछन् र उत्साह पनि बढ्नेछ । तर, मंगलबार र बुधबारको समय भने प्रत्युत्पादक रहला । निर्णय गलत ठाउँमा पर्नाले फाइदा अर्कैले लिन सक्छ । तापनि, निराश नहुनुहोस् । कर्मयोगका थप बाटा अवश्य खुल्नेछन् । पढाइलेखाइ र व्यवसायमा उन्नति हुनेछ । शत्रु पराजित होलान् । प्रतिस्पर्धीलाई उछिन्ने मौका छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) आतिथ्यपूर्ण सम्मान पाउने समय छ । तपाईंका प्रशंसकहरू अवश्यमेव थपिएलान् । उद्योग–व्यवसायमा पनि सोचेको प्रगति हात लाग्ला । प्रतिस्पर्धीहरूले हार खालान् । तर, अरूको भरपर्ने समय छैन । आफन्तसँगको विश्वासमा पनि कमी आउला । खानपानको असावधानीले स्वास्थ्यमा पनि गिरावट आउला । पठनपाठनमा प्रगति हुनेछ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) खर्चको मात्रा बढ्ला । प्रियजनसँग भेटघाट हुनेछ । पार्टी, पिकनिक वा भोजभतेरमा जाने मौका मिल्ला । पारिवारिक जमघट सम्भावित छ । सहयोगीहरू जुट्नेछन् । कर्मयोगमा अभिवृद्धि हुनेछ । पराक्रम पनि बढेर जाला । आम्दानी पनि बढ्नेछ । तर, सप्ताहान्तमा आफन्तकै विश्वासघातमा परिएला । झुटा आरोप आइलाग्ने सम्भावना छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) सुरुमा प्रशस्त आम्दानीको योग भए तापनि खर्चको मात्रा बढ्ने देखिन्छ । आफ्नै ढिपीले पैसा र समय खेर जाला । तापनि तपाईंका वैदेशिक काम अवश्यै बन्नेछन् । आइतबारपछि प्रियजनसँग भेट होला । आतिथ्यपूर्ण सम्मान पाइएला । दाम, इनाम र प्रतिष्ठा पनि कमाउने वेला छ । प्रशंसकहरू थपिएर जालान् । काममा पनि उत्साह थपिनेछ । भाग्यले साथ देला ।