१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १६:२५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

एमसिसीलाई अमेरिकाले दियो निरन्तरता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १६:२५:oo

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले नेपालको सहयोगलाई निरन्तरता दिने भएको छ। अमेरिकी सरकारले एमसिसी नेपाल कम्प्याक्टको कार्यान्वयनलाई निरन्तरता दिन अनुमति दिएको मिलेनियम च्यालेन्ज एकाउन्ड नेपाल विकास समिति (एमसिए–नेपाल) ले जनाएको छ।

‘मिलेनियम च्यालेन्ज एकाउन्ड नेपाल विकास समिति (एमसिए–नेपाल)ले अमेरिकी वैदेशिक सहयोगमा लगाइएको स्थगनका सन्दर्भमा विशेष छुटअन्तर्गत एमसिसी नेपाल कम्प्याक्टको कार्यान्वयनलाई निरन्तरता दिनका लागि अनुमति दिने सम्बन्धमा अमेरिकी सरकारबाट भएको निर्णयको स्वागत गरेको छ,’ एमसिए नेपालले विज्ञप्तिमा भनेको छ।

एमसिए–नेपालले अमेरिकाले वैदेशिक सहयोगसम्बन्धी समीक्षा थालनी गर्नुपूर्व नै अगाडि बढिसकेको तीनवटा सबस्टेसन एवं १८ किमि सीमापार प्रसारण लाइन निर्माणसम्बन्धी कार्यलाई निरन्तरता दिइरहेको छ। 

एमसिए नेपालले नेपालको ऊर्जा र यातायात क्षेत्रको विकासमा महत्त्वपूर्ण प्रभाव पार्ने यी पूर्वाधार आयोजनाहरू सम्पन्न गर्न प्रतिबद्धता जनाएको छ।