
नेपाली कांग्रेसका सांसद शेखर कोइरालाले सर्वसम्मतिबाट संसदमा पेस भएको निजामती सेवा विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु देश र जनताप्रति घोर अपराध भएको बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत यो घटना सामान्य नभएकाले प्रकरणमा जोडिएका सबैलाई तुरुन्त हदैसम्मको कारबाहीको माग गरेका छन्। उनले सार्वभौम संसद्प्रति गरिएको अपमान भएकाले परिवर्तन गरिएको व्यवस्थालाई पुरानै अवस्थामा लैजानसमेत आग्रह गरे ।
उनले कुलिङ पिरिएड नराखी यस विधेयकका अगाडिका कुनै पनि काम अगाडि बढ्न नदिने चेतावनी दिए ।