
नुहाउने क्रममा तमोर नदीले बगाएर एकजना बेपत्ता भएका छन्।
ताप्लेजुङको फुङलिङ नगरपालिका–१ स्थित तमोर नदीमा नुहाउने क्रममा मिक्वा खोला गाउँपालिका–१ लिबाङ बस्ने २५ वर्षका लाक्पा शेर्पा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले बताए।
सेबालुङ क्रसरमा ट्याक्टरचालकका रूपमा रहेका शेर्पा सोमबार दिउँसो १ः३० बजतिरे इलाका प्रहरी कार्यालय दोभानमा स्थानीयले खबर गरेपछि प्रहरीको टोली गई खोजतलास भइरहेको प्रनि बस्नेतले बताए।