१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १६ सोमबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ असार १६ सोमबार १६:oo:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

९.१९ अंकले बढ्यो सेयर बजार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ असार १६ सोमबार १६:oo:oo

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ९.१९ अङ्कले बढेर दुई हजार ६३१.४८ विन्दुमा कायम भएको हो ।

आज विभिन्न ३१८ कम्पनीका एक करोड ४१ लाख ७२ हजार ५३५ कित्ता सेयर ६३ हजार ३७१ पटक खरिद–बिक्री हुँदा रु. ६ अर्ब ३८ करोड ७२ लाख सात हजार १५ बराबरको कारोबार भएको छ । आजको कारोबारमा वित्त समूह ०.०६, होटेल तथा पर्यटन ०.०३, जलविद्युत् ०.२८ र अन्य समूह ०.३६ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ ।

 उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.६३ प्रतिशतले बढेको छ । बैंकिङ ०.३८, विकास बैंक ०.७२, लगानी ०.०२, जीवन बिमा ०.८२, लघुवित्त ०.९२, म्युचुअल फन्ड ०.३६, निर्जीवन बिमा ०.६१ र व्यापार समूह ०.७२ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको सेयर मूल्यमा सबैभन्दा धेरै ९.९७ प्रतिशतले बढेको छ भने पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ०.९२ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै साहास ऊर्जा लिमिटेडको रु. ३६ करोड ५३ लाख ९८ हजार ४८८ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा सबैभन्दा धेरै सिँगटी हाइड्रो इनर्जी लिमिटेड सात लाख १५ हजार ९३९ कित्ता खरिद–बिक्री भएको छ ।