
रामेछापको खाँडादेवी गाउँपालिका– १, राकाथुमस्थित खैरेनीपुलनजिकै विद्यालय जाँदै गरेका एक बालकलाई चितुवाले आक्रमण गरेर घाइते बनाएको छ।
घाइते हुनेमा स्थानीय बुद्धवीर माझीका छोरा ११ वर्षीय अमृत माझी रहेका छन्। आइतबार बिहान घरबाट विद्यालय जान हिँडेका अमृतलाई खैरेनीपुलनजिकै पुग्दा चितुवाले आक्रमण गरेको हो। आक्रमणवाट उनको टाउको, निधार र आँखामा चोट लागेको छ।
बाटोमा हिँड्दै गर्दा अचानक जंगलबाट उफ्रेर बालकमाथि चितुवाले आक्रमण गरेको थियो। उनीभन्दा पछाडि हिँड्दै गरेका केही व्यक्तिले देखेपछि चितुवा लखेटेका थिए।
घाइते बालकलाई आइतबार नै उनका बुवा बुद्धवीरले उपचारका लागि काभ्रेको भकुन्डेबेँसी अस्पतालतर्फ लगेको इलाका प्रहरी कार्यालय चोप्राङले जनाएको छ।