१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १६ सोमबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार १६ सोमबार १३:२o:oo
Read Time : < 1 मिनेट
समाचार

सशस्त्र प्रहरीमा वरिष्ठ नायब निरीक्षकदेखि सहायक हवल्दारसम्म दुई हजार १९६ जनाको बढुवा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार १६ सोमबार १३:२o:oo

सशस्त्र प्रहरी बल, नेपालले तल्लो तहका रिक्त पदमा धमाधम बढुवा गरेको छ । पछिल्लो एक महिनामा सशस्त्र प्रहरी सहायक हवल्दारदेखि सशस्त्र प्रहरी वरिष्ठ नायब निरीक्षकसम्म दुई हजार १९६ जनाको बढुवा भएको छ । 

बढुवा हुनेमा सशस्त्र प्रहरी वरिष्ठ नायब निरीक्षकमा ११ जना, नायब निरीक्षकमा ३४ जना, लेखा उपसमूहतर्फ सशस्त्र प्रहरी नायब निरीक्षक ६ जना छन् । त्यसैगरी, सशस्त्र प्रहरी वरिष्ठ हवल्दारमा ६०३ जना, हवल्दारमा ७५९ जना र सहायक हवल्दारमा ७८३ जना बढुवा भएका हुन् । 

मुख्यालयले बढुवा हुन जेठ १९ गते सूचना जारी गर्दै सशस्त्र प्रहरी सेवा साधारण समूह, साधारण उपसमूहतर्फको सशस्त्र प्रहरी वरिष्ठ नायब निरीक्षक र सशस्त्र प्रहरी नायब निरीक्षक तथा सशस्त्र प्रहरी सेवा, साधारण समूह, लेखा उपसमूहतर्फका सशस्त्र प्रहरी नायब निरीक्षकमा बढुवा हुन१० दिनभित्र बढुवा फाराम भर्न भनिएको थियो । 

त्यसैगरी, सशस्त्र प्रहरी वरिष्ठ हवल्दार, हवल्दार र सहायक हवल्दार पदमा बढुवा हुन १५ दिनभित्र बढुवा फाराम भरी बढुवा समितिको सचिवालयमा पेस गर्न भनिएको हो ।

बढुवा मूल्यांकन फारामका लागि योग्य उम्मेदवारले आफूले प्राप्त गरेको शैक्षिक योग्यता र बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रहरूको प्रतिलिपिहरू संलग्न गरी बढुवा समितिको सचिवालयमा पेस गर्नसमेत भनिएको थियो । खाली रहेका अन्य दर्जामा समेत तत्कालै बढुवा प्रक्रिया सुरु हुने सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए।