१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 30 June, 2025
इन्द्रबहादुर थापा काभ्रेपलाञ्चोक
Invalid date format २o:३४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार

अभिभावक राम्राेसँग हेरचाह गर्ने २४ सन्तानलाई ‘श्रवणकुमार पुरस्कार’

Read Time : > 1 मिनेट
इन्द्रबहादुर थापा, काभ्रेपलाञ्चोक
नयाँ पत्रिका
Invalid date format २o:३४:oo

जिल्लाको रोशी गाउँपालिकाले अभिभावकलाई राम्रोसँग हेरचाह गर्ने २४ सन्तानलाई श्रवणकुमार पुरस्कारबाट सम्मान गरेका छन् । रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा आइतबार सम्पन्न कार्यक्रममा हरेक वडाका दुईजनाका दरले नगदसहित सम्मान गरेका हुन् । 

आफ्नो आमाबुबा, हजुरबा–आमा तथा सासू-ससुरालाई सम्मानका साथ हेरचाह गर्ने सन्तानलाई वडाको सिफारिसमा सम्मान गरिएको हो । सम्मानित हुनेहरूमा वडा नम्बर १ का समीक्षा थापा र जोगबहादुर स्याङ्तान, वडा नम्बर २ का कुमार थापा र कामीसिं लो, वडा नम्बर ३ का हर्कसिं घिसिङ र अञ्जली तामाङ, वडा नम्बर ४ का प्रेमबहादुर लामा जिम्बा र पूर्णबहादुर थापा, वडा नम्बर ५ का मनिता मोक्तान र सोमानसिं लामा, वडा नम्बर ६ का रूपाकुमारी सारू शाही र अक्कल लामा, वडा नम्बर ७ का धनबहादुर तामाङ र तीर्थबहादुर तामाङ, वडा नम्बर ८ का मनमाया मगर र सानुराजाज्यू ठकुरी, वडा नम्बर ९ का हरिमाया घलान र भोजकुमार शाही, वडा नम्बर १० का लिलाबहादुर कामी र सुनिताज्यू ठकुरी, वडा नम्बर ११ का पञ्चमाया लामा र वीरबहादुर मगर र वडा नम्बर १२ का सोनामसिं गोङ्बा र ज्ञानबहादुर मोक्तान सम्मानित भएका हुन् ।

गाउँपालिकामा १२ वडा रहेकोमा सबै वडाका २ जनाका दरले २४ जनालाई नगद पाँच हजारसहित दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको हो । 

सो अवसरमा गाउँपालिका अध्यक्ष लामाले अभिभावकप्रति सन्तानको समामिप्यता, आत्मीयता, मातृत्व वातावरण निर्माण होस् भन्ने हेतुले सम्मान गरेको बताए । ‘पछिल्लो समय ढोगी मान्छेहरू दुनियाँलाई देखाउनको लागि तिर्थ, व्रत र दान गरिरहेको देखिन्छ तर घरमा बुबाआमा, सासुसुराहरूको अवस्था हेर्याैँ भने ओछ्यानमा एक गिलास पानी दिने मान्छेसम्म हुँदैन,’ अध्यक्ष लामाले भने, ‘त्यसैले हाम्रो समाज त्यतातिर नजाओस्, अभिभावकप्रतिको दायित्व पूरा गर्नतर्फ अभिप्रेरित होस् भनेर सम्मान गरेका हौँ ।’

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबाले बुबाआमा अर्थात जेष्ठ नागरिकलाई माया, हेरचाह र सम्मान गर्नुपर्ने बताए । आगामी दिनमा पनि यसरी नै जेष्ठ नागरिकलाई इज्जत र सम्मानकासाथ हेरचाह गर्ने सन्तानलाई सम्मान गर्दै जाने उनले बताए । 

प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद भन्तनाले जेष्ठ नागरिकलाई इज्जत र सम्मानका साथ पालनपोषण गर्दै उनीहरूको मार्गनिर्देशनलाई पछ्याएमा सही बाटो अंगाल्न सकिने बताए । 

गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर १२ का वडाध्यक्ष वसन्तकुमार स्याङ्तानले अभिभावकलाई सम्मान दिन सकेमात्र आफु पनि सम्मानित हुने बताए । 

उत्कृष्ठ मेलमिलाप केन्द्र सम्मानित 
रोशी गाउँपालिका भित्रका उत्कृष्ठ मेलमिलाप केन्द्रलाई पनि नगदसहित सम्मानपत्रले सम्मान गरेका छन् । कार्यसम्पादनको आधारमा उत्कृष्ठ रोशी गाउँपालिका वडा नम्बर ४ र ६ का मेलमिलाप केन्द्र प्रथम, वडा नम्बर ७, ८ र १० का मेलमिलाप केन्द्र देस्रो र वडा नम्बर ३ र ११ का मेलमिलाप केन्द्र तेस्रो भएका थिए । 

प्रथम, द्वितीय र तृतीय हुने मेलमिलाप केन्द्रलाई नगद क्रमशः सात हजार पाँच सय, तीन हजार तीन सय र दुई हजार पाँच सय नगदसहित प्रमाणपत्रले सम्मान गरेका हुन् ।