१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 30 June, 2025
Invalid date format २o:१९:oo
Read Time : < 1 मिनेट
खेलकुद

एनपिएल दोस्रो संस्करण : भुर्तेलसहित सात रिटेन, पाँचजना रिलिज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:१९:oo

आगामी नोभेम्बरमा हुने दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को लागि पोखरा एभेन्जर्सले मार्की खेलाडी कुशल भुर्तेलसहित सातजनालाई रिटेन गर्दा पाँचजनालाई रिलिज गरेको छ। 

नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक क्यालेन्डरमा एनपिएलको दोस्रो संस्करण आउँदो नोभेम्बरमा हुने भनिए पनि औपचारिक मिति भने तय भएको छैन। प्रतियोगिताको मिति तय नभए पनि पहिलो संस्करणमा सहभागी टोलीहरू भने तयारीमा जुटिसकेका छन्। सोही क्रममा पोखराले आफ्नो टिममा रहने र नरहने खेलाडीको नाम शनिबार प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको हो। 

पहिलो संस्करणको एनपिएलको सबैभन्दा महँगो टिम पोखरा एभेन्जर्सले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै दोस्रोे संस्करणका लागि भुर्तेलसहित सागर ढकाल, आकाश चन्द, किरण ठगुन्ना, विपिन खत्री, दिनेश खरेल र तृतराज दासलाई दोस्रो संस्करणमा रिटेन अर्थात् निरन्तरता दिने जनाएको हो। टोलीमा निरन्तरता पाएका भुर्तेल अलराउन्डर, ढकाल, चन्द र खत्री बलर हुन भने ठगुन्ना, खरेल र दास ब्याट्सम्यान हुन्। 

यसैगरी, पहिलो संस्करणमा टोलीमा रहेका दिलीप नाथ, नारायण जोशी, सुनम गौतम, अमृत गुरुङ र सुदीप अर्यालसहित पाँचजनालाई रिलिज अर्थात् टोलीबाट निष्कासन गरेको पोखरा एभेन्जर्सका मालिक सुबोध त्रिपाठीले जानकारी दिए।

त्रिपाठीका अनुसार दोस्रो सिजनलाई भव्य बनाउन पोखराले आफ्नो टिममा चर्चित विदेशी क्रिकेटर ल्याउने तयारी गरेको जानकारी दिए। यसका लागि प्रख्यात विदेशी क्रिकेटरहरूसँग छलफल र संवाद भैरहेको बताए।