१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:o९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पहिलो हाफमा नेपाल २–० ले अगाडि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:o९:oo

एएफसी एसियन कप छनोटको पहिलो खेलमा नेपालले लाओसविरुद्ध पहिलो हाफमा २–० को अग्रता बनाएको छ।

उज्वेकिस्तानको तास्केन्तमा नेपालको लागि अनिता बस्नेत र कप्तान सावित्रा भण्डारीले गोल गरेका हुन्।

खेलको १२औँ मिनेटमा अनिताले अग्रता दिलाएकी हुन्। सावित्राको हेडिङ पासमा अनिताले सहजै गोल गरिन्। ४४औँ मिनेटमा सावित्राले टिमको लागि दोस्रो गोल गरिन्। उनले अनिता बस्नेतले दिएको पासमा हेडिङ गोल गरेकी हुन्।

एएफसी एसियन कप छनोट २०२५ को समूह ‘एफ’मा नेपाल र लाओससँगै उज्वेकिस्तान र श्रीलंका छन्। समूहको शीर्ष एक टोलीले अस्ट्रेलियामा हुने एसिया कपमा स्थान बनाउनेछ।