१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 29 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:१४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेपाल एसबिआई मर्चेण्टको प्रबन्ध सञ्चालक एवं सिइओमा सन्तोषकुमार भण्डारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:१४:oo

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सन्तोषकुमार भण्डारी नियुक्त भएका छन्।

असार १३ गते बसेको सञ्चालक समितिको ७१औँ बैठकले कम्पनीको प्रबन्ध सञ्चालक एवं सिइओमा भण्डारीलाई नियुक्त गरेको हो।

उनले यसअघि नेपाल एसबिआई बैंक लिमिटेडको सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख, वित्त तथा योजना विभाग प्रमुख, लेखा परीक्षण विभाग अधिकृतको जिम्मेवारी सम्हालेका थिए। उनले बैंकिङ तथा वित्तीय क्षेत्रमा १६ वर्षभन्दा बढीको कार्य अनुभव सँगालेका छन्।

नेपाल एसबिआई बैंकको पूर्ण स्वामित्व रहेको सहायक कम्पनीको रूपमा स्थापित नेपाल एसबिआई मर्चेण्टको चुक्ता पुँजी रु. २० करोड छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई निष्कासन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभूतिकर्ता, सेयर रजिस्ट्रार, लगानी व्यवस्थापक र संस्थागत परामर्शदातालगायतका मर्चेण्ट बैंकिङ सेवाहरू प्रदान गर्दै आइरहेको छ।