१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 29 June, 2025
नयाँ पत्रिका लुम्बिनी
Invalid date format १५:२४:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

लुम्बिनीमा ७२ हजार ५२० हेक्टरमा धान रोपाइँ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, लुम्बिनी
नयाँ पत्रिका
Invalid date format १५:२४:oo

लुम्बिनी प्रदेशमा यस वर्ष ७२ हजार हेक्टरभन्दा बढी क्षेत्रमा धान रोपाइँ सकिएको छ ।  धान रोपाइँ गर्ने समय आज असार १५ गतेसम्मको तथ्यांकअनुसार हालसम्म ७२ हजार ५२० हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सम्पन्न भएको छ । यो जम्मा सम्भावित क्षेत्रफलको २३.९४ प्रतिशत हो । लुम्बिनी प्रदेशमा कुल तीन लाख दुई हजार ९३९ हेक्टर क्षेत्रफलमा धानखेती हुने गर्छ ।

प्रदेशमा कुल धानखेतीयोग्य जमिन ६ लाख ८० हजार १५ हेक्टर जमिन रहेको छ । लुम्बिनी प्रदेश सरकारको कृषि मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालयका महानिर्देशक रामप्रसाद पाण्डेले प्रदेशमा पछिल्ला वर्षमा धान उत्पादनमा वृद्धि हुँदै गएको बताए ।

प्रदेशका जिल्लामा रोपाइँको स्थिति फरकफरक देखिएको छ । प्रदेशका जिल्लामध्ये सबैभन्दा बढी प्युठानमा ८२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ भने सबैभन्दा कम गुल्मीमा पाँच प्रतिशत मात्र रोपाइँ भएको छ । 

प्रमुख धान उत्पादक जिल्लाका रूपमा कपिलवस्तु र रूपन्देही रहेका छन् । यी जिल्लामा कपिलवस्तुमा २१.८२ प्रतिशत र रूपन्देहीमा २१.०६ प्रतिशत धानले क्षेत्रफल ओगटेको छ । सबैभन्दा कम धान रोपाइँ क्षेत्रफल ओगट्ने जिल्ला भने रुकुम पूर्व रहेको छ । त्यस जिल्लाले १.४६ प्रतिशत हिस्सा ओगटेको छ ।

यस वर्ष आजसम्म कपिलवस्तुमा कुल ६५ हजार ८७१ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने भए पनि हालसम्म चार हजार ६११ हेक्टरमा रोपाइँ भएको छ । दाङमा ३७ हजार २२५ हेक्टरमध्ये ६ हजार ३२८ हेक्टरमा धान रोपाइँ भएको छ । बर्दियामा ५० हजार १५० हेक्टरमध्ये १३ हजार ७१४ हेक्टरमा धान रोपाइँ भएको छ ।

यस्तै, बाँकेमा ३४ हजार ७११ हेक्टरमध्ये तीन हजार ८१८ हेक्टरमा मात्रै धान रोपाइँ भएको छ । पाल्पा, अर्घाखाँची, गुल्मी, रोल्पाजस्ता पहाडी जिल्लामा पनि न्यून रोपाइँ भएको छ । गत वर्ष लुम्बिनी प्रदेशमा तीन लाख एक हजार ८०९ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएको थियो ।

प्रदेश सरकारले धान उत्पादन वृद्धिका लागि प्रदेश सरकारले बिउ उत्पादन, प्रविधि प्रदर्शन, सिँचाइ, सघनता वृद्धि, चैते धान प्रवर्द्धन, रैथाने जात संरक्षणलगायत विविध कार्यक्रम सञ्चालन गरिरहेको महानिर्देशक रामप्रसाद पाण्डेले बताए । 

प्रदेशमा हाल सावित्री, सामा मन्सुली, हर्दिनाथ ६, राधा ४, सुक्खा धान १ र २, गंगासागर १ र २, खुमल बासमतीलगायतका जात हुने गरेको छ । यसका साथै धानका परम्परागत बिउ तिल्की, सिम्थारो, कालानमक, हंशराज, झिनुवा, मनसराजस्ता स्थानीय जातको प्रयोग पनि बढ्दो छ ।

यसैगरी, प्रदेशमा धानखेतीले कुल खाद्यान्न उत्पादनमा ५६.१५ प्रतिशत र कुल उपभोग्य खाद्यान्नमा ४३.८७ प्रतिशत योगदान पुर्‍याइरहेको तथ्यांक रहेको छ । राष्ट्रिय धान दिवसका अवसरमा प्रदेश कृषिमन्त्री दिनेश पन्थीले लुम्बिनी प्रदेशलाई ‘अर्गानिक’ प्रदेश बनाउने गरी सरकारले विशेष अभियान थालेको जानकारी दिए । सो अभियानको सुरुवात प्रदेशको रुकुम पूर्वबाट गरिएको उनले बताए। 

कृषिसचिव यामनारायण देवकोटाले धान प्रमुख खाद्यान्न बाली मात्र नभई संस्कार र परम्परासँग जोडिएकाले यसको प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको बताए ।  रासस