
जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा सातजना हरित अभियानकर्मी सम्मानित भएका छन् । नेकपा एमाले उदयपुरको सम्न्वय र मदन भन्डारी फाउन्डेसन उदयपुरको आयोजनामा सातजना हरित अभियानका प्रबद्र्धक नर्सरी सन्चालकहरु सम्मानित भएका हुन् ।
मदन भण्डारी फाउन्डेसन उदयपुरका अध्यक्ष बिकास बन्जाराका अनुसार सरस्वती नर्सरी त्रियुगा नगरपालिका–३ मोतिगोडा भिखनाथ मोची, उत्तम हाइटेक नर्सरी त्रियुगा नगरपालिका–३ का सन्चालक कुन्दन ढुङ्गाना, लक्ष्मी नर्सरी त्रियुगा नगरपालिका–१० का सन्चालक किरन पुलामी मगर, धुर्ब नर्सरी त्रियुगा नगरपालिका–११ का सन्चालक पदमबहादुर कार्की, अकुवा एन्ड गार्डेन नर्सरी त्रियुगा नगरपालिका–११ का सन्चालक जीवन भुजेल, ओखल्ढुङ्गे नर्सरि त्रियुगा नगरपालिका–१२ का सन्चालक धुर्बकुमारी राई, र अजम्बरी कृषि नर्सरी त्रियुगा नगरपाकिला–५ श्रीपुरका सन्चालक शुष्मा राई रहेका छन् ।
सम्मान कार्यक्रममा एमाले उदयपुरका अध्यक्ष भावत राउतले पृथ्वीको पर्यावरण तथा बाताबरण संरक्षणमा उजाड बन्दै गएकोलाई पुनः हराभरा बनाउन नर्सरी मार्फत लाखौको सन्ख्यामा बेर्ना उत्पादन गरी वन बिस्तार तथा हरियाली पवद्र्धनमा सहयोग गरेकाले सम्मान गरिएको बताए । उनले भने, ‘वास्तवमै वन क्षेत्र विस्तार गर्न विभिन्न प्रजातिका बेर्ना उत्पादन गरी विक्री वितरण गर्ने कार्य महत्पूर्ण छ ।’
स्वास्थ्य मानव र हरित पृथ्वी निर्माणको यात्रामा सानो सहयोग भएपनि नर्सरीबाट मिलेकाले अझै गर्दै जान अध्यक्ष राउतले शुभकामना व्यक्त गरेका थिए ।