१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १४ शनिबार
  • Saturday, 28 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार १४ शनिबार १७:३७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राजनीतिलाई निरन्तरता दिन सदस्यता नवीकरण गरेकी हुँ : भण्डारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार १४ शनिबार १७:३७:oo

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ नेकपा एमालेको सदस्यता नवीकरण गरेको बताएकी छिन्। 

जननेता मदन भण्डारीको ७४औँ जन्मजयन्तीको अवसरमा शनिबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा सदस्यता नवीकरणसँगै आफू एमालेको परिवारको सदस्यको रूपमा पुनः जोडिएको बताइन्।  

‘फरक ढंगको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा एमालेमै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेकी छु,’ भण्डारीले भनिन्, ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु।’