१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 27 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:५२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘सिटिजन्स सदाबहार योजना’ आजदेखि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:५२:oo

‘सिटिजन्स सदाबहार योजना’ शुक्रबारदेखि बिक्रीमा आउँदै छ । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित यस खुलामुखी योजनाको कोष प्रवद्र्धक सिटिजन्स बैंक इन्टरनेसनल र योजना व्यवस्थापक तथा डिपोजिटरी सिटिजन्स क्यापिटल रहेको छ ।

योजनाको प्रतिइकाइ १० रुपैयाँका दरले पाँच करोड इकाइ बिक्रीमा आउनेछ । कुल पाँच करोड इकाइमध्ये ७५ लाख इकाइ वा कुल बिक्री भएको इकाइ संख्याको कम्तीमा १५ प्रतिशत इकाइ सिटिजन्स बैंकलाई सुरक्षित गरी बाँकी चार करोड २५ लाख इकाइ सार्वजनिक निष्कासनका लागि छुट्याइएको छ । 

लगानीकर्ताले न्यूनतम १०० र अधिकतम ५० लाख इकाइको माग गरी १३ असारसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म सम्पूर्ण इकाइ बिक्री नभएमा २७ असारसम्म म्याद थप हुने सिटिजन्स क्यापिटलले जनाएको छ ।

खरिदकर्ताले मेरो सेयर खाता वा सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयबाट समेत आवेदन दिन सक्नेछन् । साथै, यस योजनाको प्रथम चरणमा निष्कासित इकाइ बाँडफाँटपश्चात् एसआइपीमार्फत थप इकाइ निष्कासन गरिने पनि बताइएको छ ।

सिटिजन्स म्युचुअल फन्ड–१ को अवधिभरमा पुँजीगत लाभ तथा विगतका आर्थिक वर्षमा वितरण गरिएको प्रतिफलसमेत प्रतिइकाइ लगानीको औसत वार्षिक प्रतिफल १२ प्रतिशत रहेको छ ।