१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १३ शुक्रबार
  • Friday, 27 June, 2025
नवीन गुरुङ संखुवासभा
२o८२ असार १३ शुक्रबार o८:३१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

हिमाली जिल्ला संखुवासभामा धान रोपाइँ सुरु

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८२ असार १३ शुक्रबार o८:३१:oo

पूर्वी पहाडी तथा हिमाली जिल्ला संखुवासभामा मनसुन चाँडै भित्रिएसँगै धान रोपाइँ सुरु भएको छ । जिल्लाको भूगोलअनुसार उपल्लो तह हिमाली क्षेत्र र पहाडी क्षेत्रमा धमाधम रोपाइँ सुरु भएको छ ।

त्यस्तै, तल्लो औल क्षेत्रमा साउन लागेपछि मात्रै रोपाइँ सुरु हुने कृषि ज्ञान केन्द्र संखुवासभाका कार्यालय प्रमुख छत्रबहादुर विकले बताए । असार पहिलो सातासम्म भर्खरै रोपाइँ सुरु भएकाले ३ प्रतिशत मात्रै रोपाइँ भएको छ । जिल्लाको माथिल्लो तथा उपल्लो लेक क्षेत्रमा छिटो रोपाइँ गर्ने गरिन्छ ।

कृषि ज्ञान केन्द्र संखुवासभाको तथ्यांकअनुसार जिल्लामा ३१ हजार पाँच सय ९६ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । हरेक साताको शुक्रबार साताभरको रोपाइँको तथ्यांक अपडेट गर्ने गरेको कार्यालय प्रमुख विकको भनाइ छ । 

जिल्लाको खाँदबारी नगरपालिकाभित्रका सेकाहा, पाङ्मा, हेलुवाबेँसी, चन्दनपुर, चेवा, कलचेबेँसी, पाङ्ठाबेँसी, पिप्लेबेँसी, माल्टाबेँसीलगायतका ठाउँमा धानखेती गरिँदै आएको छ । १० वटा स्थानीय तह रहेको संखुवासभामा हेदांगना, चैनपुर, मादी र धुपुलगायतका स्थानमा धान उत्पादन हुने मुख्य क्षेत्र हुन् । विशेषत: यो जिल्लामा अट्टे, बेलगुठी, खुमलचार, राधाकृष्ण, सानोमसिना र कालधानलगायत जातका धान उत्पादन गर्ने गर्छन् । पूर्वमा नै धान उत्पादनमा संखुवासभालाई राम्रो जिल्लाका रूपमा गनिँदै आएको छ ।