१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 27 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o७:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रधानमन्त्री स्पेन, परराष्ट्रमन्त्री रोम जाँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o७:o२:oo

प्रधानमन्त्री केपी ओली स्पेनको सेभिल्लामा आयोजना हुने चौथो अन्तर्राष्ट्रिय विकास वित्तपोषण सम्मेलनमा सहभागी हुन शनिबार जाने तय भएको छ । स्पेनका राष्ट्रपति पेड्रो सान्चेज पेरेज–कास्टेजोन र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसको संयुक्त निमन्त्रणामा प्रधानमन्त्री ओली सेभिल्ला जान लागेका हुन् ।

प्रधानमन्त्रीको टोलीमा उनकी श्रीमती राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र अन्य उच्च सरकारी अधिकारीहरू सहभागी हुनेछन् । सम्मेलनलाई प्रधानमन्त्रीले अतिकम विकसित देशहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्ष र नपालको प्रधानमन्त्रीका हैसियतमा सम्बोधन गर्ने कार्यक्रम छ ।

यस्तै, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा शुक्रबार इटालीको रोम प्रस्थान गर्ने भएकी छिन् । परराष्ट्र मन्त्रालयका अनुसार शनिबारदेखि बिहीबारसम्म रोममा आयोजित खाद्य तथा कृषि संगठन (एफएओ)को ४४औँ सम्मेलनमा सहभागी हुन जान लागेकी हुन् ।

राणाले सम्मेलनको मुख्य सत्र र अन्य उच्चस्तरीय कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ । परराष्ट्रमन्त्रीको प्रतिनिधिमण्डलमा अस्ट्रियाका लागि नेपालका राजदूत तथा संगठनमा नेपालका स्थायी प्रतिनिधि भरतकुमार रेग्मी तथा परराष्ट्र मन्त्रालय र कृषि तथा पशुधन विकास मन्त्रालयका अधिकारी सहभागी हुनेछन् ।