१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ११ बुधबार
  • Wednesday, 25 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार ११ बुधबार १o:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

प्रहरी विधेयकमाथि आजदेखि छलफल सुरु हुने, ३० वर्षे सेवाहदमा सबैको चासो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार ११ बुधबार १o:१७:oo

नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकमाथि आजदेखि संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल सुरु हुने भएको छ। बिहान ११ बजे बस्न लागेको बैठकमा यस विधेयकमाथि सैद्धान्तिक छलफल हुन लागेको हो। 

सरकारको नीति तथा कार्यक्रममा संसद्को यही अधिवेशनबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विधेयक पारित गर्ने उल्लेख छ। यद्यपि, प्रहरीका विधेयकमा विवादका धेरै विषय भएकाले यही अधिवेशनबाट पास हुने सम्भावना न्यून रहेको छ।  प्रहरीको विधेयकउपर ५२ वटा संशोधन प्रस्तावहरू परेका छन्। 

हालको विधेयकमा ३० वर्षे सेवाहद हटाउने प्रावधान छ। सोही विषयमा प्रहरीको ठुलो चासो छ । तत्कालै सेवाहद हट्दा अहिलेको प्रहरी नेतृत्वको पदावधि लम्बिने सम्भावना भएकाले पनि यो विषयमा अवकाशमा जाने प्रहरी अधिकारी र भावी नेतृत्वका दाबेदारबिच टक्कर रहेको छ।