१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 25 June, 2025
Invalid date format २२:२५:oo
Read Time : < 1 मिनेट
समाचार

शान्तिनगरवासीकाे विद्युत् महसुल गाउँपालिकाले तिरिदिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २२:२५:oo

दाङको शान्तिनगर गाउँपालिकाले पालिकावासीको विद्युत् महसुल तिरिदिने भएको छ । पालिकाले मंगलबार सार्वजनिक गरेको नीति तथा कार्यक्रम एवं बजेटमा उक्त कुरा समावेश गरेको छ । आगामी आर्थिक वर्ष ०८२/८३ मा पालिकावासीको न्यूनतम विद्युत् महसुल तिरिदिने भएको हो।

पालिका अध्यक्ष प्रमोद बस्नेतका अनुसार न्यूनतम २० युनिटसम्मको विद्युत् महसुल पालिकाले तिरिदिने निर्णय गरेको हो। यसले पालिकावासीलाई सहुलियत दिने उनको भनाइ छ। ‘पालिकावासीको मागका आधारमा यो नीति ल्याएका हौँ,’ अध्यक्ष बस्नेतले भने, ‘यसले सहज बनाउनेछ।’ यो लुुम्बिनी प्रदेशकै नयाँ कार्यक्रम भएकोसमेत उनले बताए।

‘शान्तिनगरवासीको रहरः उज्यालो शान्तिनगर’ भन्ने अभियानस्वरूप उक्त नीति ल्याएको उनले बताए। शान्तिनगर गाउँपालिकाभित्रका सम्पूर्ण ग्राहकको न्यूनतम शुल्क गाउँपालिकामार्फत नेपाल विद्युत् प्राधिकरणमा रकम दाखिला गर्ने व्यवस्था मिलाउने नीतिमा समावेश गरिएको छ। यसले सबै नागरिकको ऊर्जामा पहुँच पुग्ने अपेक्षा लिएको अध्यक्ष बस्नेतले बताए। 

त्यस्तै, पालिकाभित्रका चिकित्साशास्त्र र डाक्टर तथा पाइलट अध्ययन गर्ने विद्यार्थीहरूलाई निश्चित मापदण्डको आधारमा प्रोत्साहन रकम उपलब्ध गराइने, खेलकुद क्षेत्रमा युवाहरूको आकर्षण वृद्धि गर्न राष्ट्रिय खेलाडीको रूपमा छनोट हुनेलाई प्रोत्साहन रकम उपलब्ध गराउने गरी बजेट विनियोजन गरेको छ।