१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 25 June, 2025
Invalid date format १७:३२:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

प्रतिपक्षी नआएपछि सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:३२:oo

प्रतिपक्षी दलका सांसद नआएपछि सुदूरपश्चिम प्रदेश सभा बैठक मंगलबार बस्न सकेन। अपराह्न ४ बजे बैठक बोलाइएको थियो। प्रतिपक्षी दलका एकजना सांसद पनि नआएकाले सभामुखको निर्देशनमा बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।

बैठक नहुने भएपछि सत्तापक्षका सांसद पनि प्रदेश सभा हलमा गएनन्। प्रदेश सभा परिसरमा सत्तापक्षका सांसदको उपस्थिति पनि न्यून थियो। प्रदेश सभा सचिवालयका प्रवक्ता तेजप्रकाश जोशीका अनुसार मंगलबारको बैठकमा प्रदेश सभाको सचिव तथा सचिवालयको व्यवस्था गर्न बनेको संशोधन विधेयक पारित गर्ने कार्यसूची थियो।

सभामुखले अर्को बैठकका लागि बुधबार दिउँसो कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका प्रदेश सभा सचिवालयले जनाएको छ। 

प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्टले सदन सञ्चालनमा सरकारले बलमिच्याइँ गर्न खोजेपछि आफूहरू अनुपस्थित भएको बताए। अधिकांश प्रदेश सभा सदस्यहरू धनगढीबाहिर रहेका वेला सदन चलाउनु उपयुक्त नभएको उनले बताए।

‘धेरैजसो प्रदेश सभा सदस्यहरू समितिको भ्रमण र पार्टीको कामले बाहिर भएका वेला सरकारले संख्याका दम्भका आधारमा सदन चलाउन खोज्यो,’ नेता भट्टले भने, ‘सरकारका दम्भविरुद्ध प्रतिपक्षी दलले सदनमा उपस्थित नहुने सल्लाह गरेका हौँ।’