१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 23 June, 2025
Invalid date format २o:४८:oo
Read Time : > 1 मिनेट
पालिका अपडेट

तिलोत्तमा नगरपालिकाको दुई अर्ब ९२ करोडको बजेट सार्वजनिक

शिक्षा, स्वास्थ्य, पूर्वाधारमा प्राथमिकता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:४८:oo

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्षको लागि दुई अर्ब ९२ करोड ९३ लाख ७१ हजार पाँच सय ८२ रुपैैयाँको बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक जागेश्वरी चौधरीले सोमबार आर्थिक वर्ष ०८२/८३ को बजेट प्रस्तुत गरेकी छिन्।

बजेटमा शिक्षा, स्वास्थ्यलगायत सामाजिक विकास क्षेत्रमा ९९ करोड ४२ लाख ५२ हजार ५ सय २ विनियोजन गरिएको छ भने आर्थिक विकास क्षेत्रमा ६ करोड १९ लाख ५० हजार विनियोजन गरिएको छ । एक वडा : एक किलोमिटर सडक निर्माणका लागि १५ करोड, तिलोत्तमा बहुउद्देश्यीय भ्यु टावरको निर्माण सम्पन्न र सञ्चालन गर्न एक करोड, सिटी कलेज सञ्चालनको लागि ५० लाख, केउलानीमा रहेको हलमा स्किल ट्रेनिङ सेन्टर स्थापनको लागि २५ लाख विनियोजन गरिएको छ।

यस्तै, वडा नम्बर २, ७ र १५ को वडा भवन निर्माण गर्न तीन करोड, वडा कार्यालय बाउन्ड्री वाल, सभाहललगायतका संरचना सम्पन्न गर्न दुई करोड, सडक मर्मत सम्भारलगायतमा दुई करोड गरी समग्रमा पूर्वाधार विकास क्षेत्रमा ९७ करोड ५ लाख ३९ हजार विनियोजन गरिएको छ।

नगरपालिकामा कार्यरत करार कर्मचारी र नगर प्रहरीसमेतलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न एक करोड ५० लाखसहित समग्रमा सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ५१ करोड ७३ लाख ५८ हजार विनियोजन गरिएको छ। नगरक्षेत्रभित्रका आकस्मिक भैपरी आउने अत्यावश्यक भौतिक पूर्वाधार विकास र अन्य विकाससम्बन्धी कार्यका लागि आकस्मिक पूर्वाधार कोषबाट सम्बोधन गर्न आवश्यक बजेट विनियोजन गरिएको छ। बजेटको प्रभावकारी कार्यान्वयनमा आमनगरवासी र सरोकारवाला सम्पूर्णबाट रचनात्मक सहयोगको अपेक्षा राखिएको उपप्रमुख चौधरीले बताइन्।

५ असारमा नगरप्रमुख रामकृष्ण खाणले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममा आधारित रहेर आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भएको हो। नगर उपप्रमुख चौधरीले सोमबारको नगरसभा बैठकमा राजस्व परामर्श समिति संयोजको रूपमा आर्थिक विधेयक ०८२ र विनियोजन विधयेक ०८२ समेत प्रस्तुत गरिन्। उपप्रमुख चौधरीले प्रस्तुत गरेको वार्षिक बजेट, आर्थिक तथा विनियोजन विधयेकमाथि छलफल गर्न सातौँ अधिवेशनको चौथो बैठक २० असारमा बोलाइएको छ।