१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ९ सोमबार
  • Monday, 23 June, 2025
प्रकाश पौडेल
२o८२ असार ९ सोमबार १८:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाँसगढी नगरपालिकामा देशकै पहिलो डिजिटल सेवा सुरु 

Read Time : < 1 मिनेट
प्रकाश पौडेल
२o८२ असार ९ सोमबार १८:o६:oo

बाँसगढी नगरपालिकाले डिजिटल सेवा सुरु गरेको छ। पालिकाले प्रदान गर्ने सेवासुविधालाई अनलाइनबाट दिनका लागि डिजिटल सेवा सुरु गरेको हो। नगरप्रमुख खड्कबहादुर खड्काले  सोमबार नगरसभामा औपचारिक रूममा डिजिटल पालिका उद्घाटन गरेका हुन्। डिजिटल पालिकाको उद्घाटन भएसँगै पालिकाले  प्रदान गर्ने सेवा अनलाइनबाट लिन सकिनेछ। 

पालिकाका नगरप्रमुख  खड्काले पालिकाले सुरु गरेको सेवा देशभरमै पहिलो भएको बताए। उनले भने, 'डिजिटल सेवा सुरुवात भएसँगै अब स्थानीयले सेवा लिन पालिका आउनुपर्दैन। पालिकाले दिने सेवा देश विदेश जहाँबाट पनि लिन सकिन्छ।

पालिकाले प्रदान गर्ने सिफारिस लिनका लागि अब वडा कार्यालयले आउनुनपर्ने  सूचना तथा प्रविधि शाखा प्रमुख क्षितिज पौडेलले बताए। उनले भने, पालिका प्रदान गर्ने अब अनलाइनबाट लिन सकिनेछ। त्यसका लागि digital.bansgadhimun.gov.np डिजिटल Web  बाट सो सेवा लिन सकिन्छ। पालिका प्रदान गर्ने सेवा घरमा बसी-बसी २४ घण्टा लिन सकिनेछ। बाँसगढी नगरपालिका देशको पहिलो डिजिटल सेवा दिने पालिका बन्नसमेत सफल भएको छ।