
मुक्तिनाथ विकास बैंक लिमिटेडले विदेशमा अध्ययनका लागि जाने विद्यार्थीहरूले भुक्तानी गर्नुपर्ने भिसा तथा शैक्षिक शुल्कहरू मुक्तिनाथ विकास बैंकबाट गर्न सकिने सेवाको सुरुवात गरेको छ।
‘एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिस प्रालि’ महाराजगन्ज र मुक्तिनाथ विकास बैंकबिच एक सम्झौता गरी शैक्षिक शुल्क भुक्तानीसम्बन्धी कार्यको सुरुवात गरिएको हो। यस सेवाअन्तर्गत भिसा शुल्क, एसएटी, एसइभिआइएस, पिटिई, आवेदन, जि–म्याटलगायतको शुल्कहरू मुक्तिनाथ विकास बैंकबाट भुक्तानी गर्न सक्नेछन्।
यो सेवा हाल बैंकको महाराजगन्ज शाखा र कमलादी शाखा कार्यालयबाट सुरुवात गरिएको छ।