१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 23 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:२३:oo
Read Time : < 1 मिनेट
प्रवास डिजिटल संस्करण

न्युयोर्कको नेपाली मेलामा अमेरिकीहरूको आकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:२३:oo

अमेरिकाको न्युयोर्कमा नेपाली मेला सम्पन्न भएको छ। शनिबार ज्याक्सन हाइटकाे सडक बन्द गरी हिमालयन स्ट्रिट फेयर एवं हाम्रो मेला गरिएको थियो।

मेलामा नेपाली खाना, मौलिक वस्तुहरूका साथै विभिन्न स्थानीय सामग्रीहरूको स्टल राखिएको थियो। ३७ वटा स्टल रहेको मेलामा सहभागीहरूको घुइँचो लागेको थियो। नेपाली सांगीतिक ब्यान्ड एवं स्थानीय नेपाली मूलका कलाकारहरूले आफ्नो प्रस्तुति दिएको मेलामा नेपाली एवं स्थानीय अमेरिकी नागरिकहरूको बाक्लो उपस्थिति रहेको थियो।

निम्जी, ओम र दीपेनको आयोजना, न्युयोर्क राज्यका सांसद स्टेभन रागा र क्विन्स नगर अध्यक्ष डोनोभान रिचार्डस् जुनियरको सहप्रायोजन एवं नेपाल सरकार, पर्यटन प्रवर्द्धक, न्युयोर्कको सहकार्यमा मेला सम्पन्न भएको हो। मेलाका लागि एनवाई नेपाली कामपोस्ट र च्याम्पिएन मार्सल आर्टस् क्लबले पनि सहकार्य गरेका थिए।

नेपालको पर्यटन प्रवर्द्धन, अमेरिकामा नेपाली वस्तुहरूको पहुँच एवं स्थानीय नेपाली व्यवसायको प्रवर्द्धनका लागि मेलाको आयोजना गरिएको आयोजक दीपेन्द्र लामाले बताए। मेलाले नेपाली व्यवसायी एवं नेपालका मौलिक वस्तुहरूको व्यवसायलाई प्रत्यक्ष फाइदा हुने लामाको भनाइ छ।

मेलाले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको न्युयोर्कका लागि नेपाल सरकारका पर्यटन प्रवर्द्धक गोकुल श्रेष्ठले दाबी गरे। मेलामा प्रदर्शन गरिएका वस्तुहरु एवं नेपालको मौलिक खानाहरूले स्थानीय नागरिकहरूलाई आकर्षित गरेको प्रवर्द्धक श्रेष्ठले जानकारी दिए।

मेलामा नेपालसम्बन्धी विभिन्न जानकारीमूलक पुस्तकहरू वितरण गरिएको थियो। मेला स्थानीय सरकारका प्रतिनिधि, राज्यसभा सांसदलगायतले अवलोकन गरेका थिए।