१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ९ सोमबार
  • Monday, 23 June, 2025
२o८२ असार ९ सोमबार १२:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धनगढीमा कोठामा सडेको अवस्थामा एक युवतीको शव भेटियो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ९ सोमबार १२:o४:oo

धनगढीमा एक युवती आफ्नो कोठामा मृत फेला परेकी छिन् । धनगढी उपमहानगरपालिका– २, बैय्याबेहडीमा डेरामा बस्दै आएकी ३० वर्षीया रेनुका चौधरीको शव सडेको अवस्थामा फेला परेको छ । उनको घर कञ्चनपुरको पुनर्वास नगरपालिका– ११, अमरबस्ती हो ।

अनुसन्धानका लागि घटनास्थलमा तालिमप्राप्त कुकुरसहित प्रहरी टोली परिचालन गरिएको छ । प्रहरीले उनको हत्या भएको शंकाका आधारमा अनुसन्धान अगाडि बढाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले ढोकाबाहिरबाट ताल्चा लगाइएको अवस्थामा कोठाभित्र युवतीको शव फेला परेको बताए ।

बाहिरबाट ताला लगाएको कोठा गनाएपछि घरबेटीले आज बिहान प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ताला ताला तोडेर हेर्दा कोठाभित्र सडेको अवस्थामा शव फेला परेको प्रहरी नायब उपरीक्षक सिंहले बताए । युवतीको कन्चट र घाँटीमा धारिलो हतियारको चोट रहेको उनले जानकारी दिए ।

‘प्रारम्भिक रूपमा हेर्दा हत्या भएकोजस्ता देखिएको छ’ सिंहले भने, ‘तालिमप्राप्त कुकुरको सहायतामा अनुसन्धान गरिरहेका छौँ ।’ शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । धनगढीनजिक पर्ने पुनर्वासबाट उनका आफन्त आएका छन् । अविवाहित रेनुका खानेपानी संस्थान धनगढीमा कार्यालय सहयोगी पदमा कार्यरत रहेको खुलेको छ ।