१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ९ सोमबार
  • Monday, 23 June, 2025
२o८२ असार ९ सोमबार o९:३५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

उद्योग बन्द गर्ने क्रम बढ्दो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ९ सोमबार o९:३५:oo

 व्यवसाय प्रवर्द्धन हुन नसकेपछि सल्यानमा उद्योग–व्यवसाय धमाधम बन्द हुन थालेका छन् । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानको तथ्यांकअनुसार चालू आर्थिक वर्ष ०८१/८२ को हालसम्म ४० वटा उद्योग बन्द भइसकेका छन् । 

स्थानीय उत्पादनलाई प्राथमिकता नदिँदा साना तथा घरेलु उद्योग बन्द हुने अवस्थामा पुगेको कालिका इन्जिनियरिङ कृषि अनुसन्धान केन्द्रका सञ्चालक घनश्याम भण्डारीले बताए ।

उद्योगको उत्पादन बाह्य जिल्लाबाट माग भए तापनि जिल्लाकै स्थानीय तहले वास्ता नगर्ने गरेको उनको भनाइ छ । कतिपय उद्योग अनुदान पाउने आशामा दर्ता हुने गरेको, तर अनुदान प्राप्त नभएमा वा एकपटक अनुदान पाएपश्चात् उद्योग बन्द गर्ने प्रवृत्ति बढेको हो । त्यस्तै, प्राकतिक तथा भवितव्यका कारण उद्योगमा क्षति हुन पुगेमा पुनः सञ्चालन गर्नका लागि उद्योगीसँग आर्थिक अभाव हुने कारण पनि उद्योग बन्द हुने अवस्थामा पुगेको कार्यालय प्रमुख श्यामलाल खरालले बताए ।