१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ८ आइतबार
  • Sunday, 22 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार ८ आइतबार १९:१५:oo
Read Time : < 1 मिनेट
खेलकुद

स्कटल्यान्डबाट फर्कियो नेपाली टिम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार ८ आइतबार १९:१५:oo

स्कटल्यान्डमा आयोजना भएको आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ को चौथो त्रिकोणात्मक एकदिवसीय र त्रिकोणात्मक टी–२० शृंखलामा खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ। आइतबार साँझ नेपाली टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष रोशनकुमार सिंह र क्रिकेट म्यानेजर विनोद दासले स्वागत गरेका थिए। स्वदेश फर्किएसँगै कप्तान रोहितकुमार पौडेलले भ्रमण सफल भएको बताए। उनले अब नोभेम्बरमा वेस्ट इन्डिजसँग हुने खेलको लागि तयारीमा जुट्ने बताए। स्कटल्यान्डको नतिजाले टोलीको मनोबलसमेत उच्च भएको उनको ठहर छ। 

विश्वकप लिग–२ मा नेपालले घरेलु टोली र नेदरल्यान्ड्ससँग खेलेको चारमध्ये ३ खेल जितेको थियो। पहिलो खेलमा स्कटल्यान्माथि रोमाञ्चक एक विकेटको जित निकाल्दा दोस्रो खेलमा नेदरल्यान्ड्सलाई पाँच विकेटले हराएको हो। स्कटल्यान्डविरुद्धको दोस्रो खेलमा भने नेपालले दुई रनले पराजित भयो। तर, अन्तिम खेलमा नेपालले डच टोलीलाई १६ रनले पराजित गरेको हो। 

विश्वकप लिग–२ मा नेपालले १६ खेलमा १२ अंक जोडेर सातौँ स्थानमा छ। २३ खेलमा २६ अंक जोडेको नेदरल्यान्ड्स अंकतालिकाको दोस्रो स्थानमा र  १९ खेलबाट २४ अंक जोडेको स्कटल्यान्ड तेस्रो स्थानमा छ। लिग–२ मा प्रत्येक टोलीले कुल ९ शृंखलामा कुल ३६ खेल खेल्नेछन्। शीर्ष चारमा रहने टोलीले सोझै सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछन् भने अन्तिम चारमा रहने टोलीले भने छनोट चरणको प्लेअफ खेल्नुपर्नेछ।

यता, टी–२० मा पनि नेपालले चार मध्ये दुई खेल जित्दै उपविजेता बन्यो। नेदरल्यान्ड्स ऐतिहासिक तेस्रो सुपर ओभरमा पराजित भयो। दोस्रो खेलमो स्कटल्यान्डमाथि दुई विकेटको जित निकाल्दा तेस्रो खेलमा नेपालले डच टोलीमाथि ६ विकेटले हराएको हो। अन्तिम तथा निर्णायक खेलमा नेपाल स्कटल्यान्डसँग ३४ रनले पराजित भएको हो।