१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ८ आइतबार
  • Sunday, 22 June, 2025
२o८२ असार ८ आइतबार १८:५१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मकवानपुरको बागमतीले ल्यायो ८३ करोड ७२ लाख बढीको बजेट, चालू आवभन्दा १२ करोडले बढी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ८ आइतबार १८:५१:oo

मकवानपुरको बागमती गाउँपालिकाकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसहित ८३ करोड ७२ लाख ६७ हजार ७४ रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। शनिबार भएको गाउँपालिकाको दोस्रो गाउँसभाको सातौँ अधिवेशनमा अध्यक्ष सर्केस घलानले नीति तथा कार्यक्रम र उपाध्यक्ष फणीन्द्रकुमार तिमल्सिनाले चालू आवको भन्दा १२ करोडले बढी बजेट प्रस्तुत गरेका हुन्। गाउँपालिकाले चालू आवका लागि ७१ करोड ६८ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।

आर्थिक वर्ष ०८२/८३ मा नीति तथा कार्यक्रम कार्यान्वयनका लागि प्रस्तुत बजेटमा आन्तरिक स्रोतबाट ९ करोड ८ लाख २५ हजार रुपैयाँ, राजस्व बाँडफाँटबाट २२ करोड ५९ लाख, ३१ हजार ६७४ रुपौयाँ, प्रदेश सरकारबाट ५ करोड ९९ लाख ११ हजार रुपैयाँ र संघीय सरकारबाट ४६ करोड ६ लाख रुपैयाँ व्यहोरिने उल्लेख गरिएको छ। 

गाउँसभामा बजेट प्रस्तुत गर्दै गाउँपालिका उपाध्यक्ष तिमल्सिनाले आगामी आर्थिक वर्षमा सामाजिक विकास क्षेत्रमा कुल बजेटको आधा बजेट विनियोजन गरिएको बताए। उनले सामाजिक क्षेत्रका विभिन्न कार्यक्रमका लागि सबैभन्दा बढी ४२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए।

यस्तै, पूर्वाधार विकासका लागि १७ करोड, कार्यालय सञ्चालन तथा प्रशासनिकका लागि १२ करोड २६ लाख, वातावरण तथा विपत् व्यवस्थापनका लागि १ करोड १६ लाख, आर्थिक विकासका लागि ५ करोड ४३ लाख र सुशासन तथा संस्थागत विकासका लागि ४ करोड ५४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

उपाध्यक्ष तिमल्सिनाले गाउँपालिकाको महत्त्वपूर्ण खानेपानी आयोजनाको रूपमा रहेको गुन्द्रुकखोला खानेपानी आयोजनाको लागि संघीय विशेष अनुदानतर्फ २ करोड २० लाख, आठौँ बागमती राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको लागि ५० लाख बजेट प्रस्ताव गरेका छन्। यसैगरी, राईगाउँ क्यान्टिन सडक र कुटी भकारी गुर्दुम सडकको लागि प्रदेश समपूरक अनुदानअन्तर्गत ३ करोड ८५ लाख बजेट प्रस्ताव गरिएको छ भने स्थानीय ग्रामीण सडक तथा झोलुंगे पुल कार्यक्रमअन्तर्गत गाउँपालिकाको महत्त्वपूर्ण सडक योजना, स्थानीय ग्रामीण सडक तथा झोलुंगे पुल निर्माणसमेतका आयोजनाहरूको लागि ४ करोड ५८ लाख ५० हजार बजेट प्रस्ताव गरिएको छ।

गाउँपालिकाको स्थानीय स्रोतसाधनको प्रयोग गरी आन्तरिक आयमा बढोत्तरी गर्नका लागि आगामी आर्थिक वर्ष ०८२/८३ मा आफैँले क्रसर उद्योग स्थापना गर्ने तयारी गरेको उपाध्यक्ष तिमल्सिनाले बताए। क्रसर उद्योग स्थापनाका लागि ५ करोड ७५ लाख बजेट प्रस्ताव गरिएको सभामा उपाध्यक्ष तिमल्सिनाले जानकारी दिए।

गाउँसभामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका अध्यक्ष सर्केस घलानलले ८ नम्बर वडामा रहेको जनता माविलाई बहुमुखी क्याम्पसका रूपमा सञ्चालन गर्ने योजना अघि सारेका छन्। यस्तै, प्रत्येक वडा कार्यलयबाट सामाजिक सुरक्षाभत्ता वितरण गर्ने र एकल पुरुषलाई समेत सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्ने नीति लिएको अध्यक्ष घलानले जानकारी दिए। उनका अनुसार गाउँपालिकाका स्थायीबासी जनप्रतिनिधि र सरकारी कर्मचारीहरूले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा अनिवार्य भर्ना गर्नुपर्ने नीति पनि पालिकाले ल्याएको छ। यदि भर्ना नगरेमा तलब र सेवा सुविधाबाट १० प्रतिशत शैक्षिक कर तिर्नुपर्ने उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रस्तुत गरेका छन्।
 

छुटाउनुभयो की ?